बालविकास कक्षाका बालवालिकालाई खेलकुद र शैक्षिक सामाग्री प्रदान

968 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी -बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको छ ।
बुधबार धादिङको गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँमा रहेको जीवनज्योति बिद्यालयका ३६ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको हो ।


वितरण गरिएका सामाग्रीहरुमा कापी, कलर ,पेन्सिल,ईलेजर , भाँडाकुटि सेट, रबर बल,प्लास्टिक बल,साईनपेन , मडलिङ क्ले,कथाको पुस्तक ,लर्निङ मेसिन ,स्केल लगायत प्रति बालबालिका १ हजार ५ सय बराबरको सामाग्री रहेको वताईएको छ ।

प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका सामाजिक , आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।


बालबालिकाहरुको मस्तिष्कको ८० प्रतिशत विकास उमेर ५ बर्ष भित्र हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।

तत्कालिन रुपमा कोभिडका कारण लामो समय पछि बिद्यालय संचालन हुँदै गर्दा राहतको रुपमा बुधबार जीवनज्योति सामुदायिक बाल विकास केन्द्र गजुरी वडा नं १ उज्यालो गाउँका बाल विकासका बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले धादिङ न्यूजलाई वताउनुभयो ।