बेलायतबाट आएका तीन नेपालीमा भेटियो नयाँ प्रकारको कोरोना भाईरस

724 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विश्वलाईनै आक्रान्त बनाएको कोरोनाको नयाँ प्रजातीको भाईरस देखापरेको छ । बेलायतमा देखा परेको नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पुस पहिलो साता बेलायतबाट नेपालआएका दुई पुरुषसहित (६७ र ३२ वर्षका) एक महिलामा (उमेर २८) उक्त भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी गराउनु भयो ।

नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो। पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो ।

पाँच जनामध्ये तीन जनामा ‘भेरियन्ट’ भाइरस देखिएको हो। उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजिटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।