सुतिरहेका मान्छेमाथि ट्रक दौड्दा १३ को मृत्यु

838 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- मध्यरातमा सुतिरहेका मान्छेलाई पेल्दै ट्रक दौड्दा १३ जनाको एकै टाउँमा ज्यान गएको छ । सुन्दै निकै अत्याशलाग्दो यो भयानक दुर्घटना भारतको गुजरातस्थित किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा भएको हो ।

गुजरातको सुरतस्थित कोसान्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको खबरले भारत मात्र होइन घटना सुन्ने संसारभरका सबैलाई स्तव्ध बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।


स्थानीय प्रहरीका अनुसार मृतकहरु सबैजना निम्नवर्गिय मजदुर हुन् खाने बस्ने ठाउँको निश्चित नभएकै कारण फुटपाथमा सुत्न उनिहरु बाध्य थिए । गएराती पनि उनिहरु फुटपाथमा सुतिरहेका थिए,जुन ठाउँमा यस अघि पनि सुत्दै आईरहेका थिए ।  दिनभरको थकाईले गर्दा गहिरो निद्रामा परेका उनिहरु सुतेकै ठाउँमा ट्रक गुडेपछि सबैजनाको ज्यान गएको हो ।

गुडिरहेको ट्रक एउटा ट्याक्टरमा ठोक्किएपछि अनियन्त्रित भएर मजदुर सुतिरहेको फुटपाथमा दौडिन पुगेको थियो ।स्थानीय प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए ।

गएराति भएको सो दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएको बताइएको छ । प्रहरीले चालक सहचालकलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । – लोकान्तर डट कमको सहयोगमा