धादिङ यातायात व्यवसायी संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित

771 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ धादिङ यातायात व्यवसायी संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन । विहीवार राती धादिङबेसीमा सम्पन्न संघको सातौं अधिबेशनले आगामी तीन बर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा तुलसीप्रसाद अधिकारी,उपाध्यक्षमा गोकर्ण लम्साल,महासचिवमा राजेश प्रजापती,सचिवमा नारायणप्रसाद काराखेती,कोषाध्यक्षमा गोपाल तिवारी र सहकोषाध्यक्षमा शम्भुकुमार श्रेष्ठलाई चयन गरेको छ । यसैगरी कार्य समितिको सदस्यहरुमा सुजन कंडेल,अर्जुनकुमार सिलवाल,शम्भु सिलवाल,हेमवहादुर बस्नेत,कृष्णवहादुर श्रेष्ठ र फत्तेवहादुर श्रेष्ठ चयन भएका छन । सत्र सदस्यिय कार्य समितिमा चार जना पछि मनोनित हुने वताईएको छ । अध्यक्ष पदका लागि शरद अधिकारी र अर्जुनका बिच प्रतिष्पर्धा भएकोमा अर्जुनले ३६ मत ल्याएर विजयी भएका हुन । शरद नेपाली कांग्रेस निटकका व्यक्ति हुन भने अर्जुन नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य एवम युवा संघ धादिङका अध्यक्ष समेत हुन ।