‘धादिङ आगिन्चोक सम्पर्क समिति गठन,संयोजकमा हरि पन्त

848 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पोखरा /पोखरामा रहेका धादिङ आगिन्चोक गाविसवासीले ‘धादिङ आगिन्चोक सम्पर्क समिति पोखरा’ तदर्थ समिति गठन गरेका छन् । शनिबार पोखरामा सम्पन्न आगिन्चोक गाविसवासीहरूको एक भेलाले उक्त समिति गठन गरेको हो । समितिको संयोजकमा हरि पन्तलाई निर्विरोध चयन गरेका छन् ।

समितिको सचिवमा नवराज पाण्डे, कोषाध्यक्षमा कृष्णप्र्रसाद थपलिया चयन भएका छन् भने सदस्यहरूमा सुवास पाण्डे, राजकुमार श्रेष्ठ, मीना सिंखडा, गणेश कु“वर, विष्णुबहादुर बसौला, टेकबहादुर थपलिया र लालकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै समितिको सल्लाहकारमा दीपेन्द्र थपलिया, सुदर्शन बसौला, बलराम पाण्डे, नवराज थपलिया, अर्जुन पाण्डे, कष्णराम थपलिया रहेका छन् । पोखरामा रहेका गाविसवासीहरूबीच भाइचारा सम्बन्ध स्थापित गर्ने, गाविसवासीहरूलाई परेको विविध समस्यामा सहयोग गर्ने, धादिङ–पोखरा सम्पर्क समितिको हरेक गतिविधिमासक्रियता बढाउने लगायतका उद्देश्य राखेर समिति गठन गरिएको हो । भेलामा बोल्दै धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडाले सामाजिक क्षेत्रमा सक्रियता बढाउन समिति गठन गर्नु स्वागतयोग्य कदम भएको बताउ“दै समितिलाई निःस्वार्थ, गैह्रराजनीति बनाई संचालन गर्न आग्रह गरे । उनले यसअघि गठन गरिएका गाविस समितिहरूमा राजनीतिको प्रभाव परेकाले आगिन्चोक समितिमा नपर्ने विश्वास व्यक्त गर्दै आगिन्चोक समितिलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।