बिद्युत्त प्रसारणलाई व्यवस्थित बनाउन बिद्युत्त प्राधिकरण धादिङका प्रमुखलाई ज्ञापनपत्र

707 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷ धादिङ जिल्लाका उद्यमी व्यवसायी,नागरिक समाजका प्रतिनिधी र संचारकर्मीसहितको टोलीले नेपाल बिद्युत्त प्राधिकरण धादिङ शाखा प्रमुखलाई भेटेर बिद्युत्त प्रसारणलाई नियमित गराउन माग गरेको छ । धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीको नेत्तृृत्वमा गएको प्रतिनिधि मण्डलले प्राधिकरणका शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाउंदै प्रसारण लाईन व्यवस्थित गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा भनिएको छ – धादिङ जिल्लामा दिन प्रतिदिन ठुला उद्योगहरु स्थापना भई ठाउँ ठाउँमा औद्योगिक करिडोरको रुपमा विकसित हुँदै गईरहेको भएपनि बिद्युत्तमा दिनहुं बढ्दै गएको अनियमित प्रसारण छ । यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्दै देशभरीका अन्य उद्योगीहरुलाई समेत यस जिल्लामा उद्योग स्थापना गर्नको लागि धादिङ उद्योग वाणिज्य संघले पहल गरिरहेको व्यहोरा जानकारी गराँदछौं ।

यस्ता उद्योगहरु संचालनको वातावरण निर्माण गर्नको लागि विभिन्न गा.वि.स.हरुमा यस संघले सहजीकरण गर्दै औद्योगकि करिडोरको लागि जग्गा उपलब्ध गराउन समेत पहल भईरहेको छ । जिल्लामा उत्पादित विद्युत यसै जिल्लाका उद्योग कलकारखाना र स्थानीय जनतालाई उपलब्ध गराई लोडसेडिङमुक्त जिल्ला घोषणा गरेको खण्डमा जिल्लाको आर्थिक तथा सामाजिक विकास हुने हुँदा धादिङ जिल्लामा लोडसेडिङ हटाई लोडसेडिङमुक्त जिल्ला वनाउन सम्पूर्ण धादिङवासी, उद्योगी व्यवसायी तथा सर्वसाधारण जनताको तर्फबाट निरन्तर आवाज आईरहेको छ ।

विद्युत अनियमितताका कारण जिल्लाका संचार, उद्योग अन्य उद्योग व्यवसायहरुले झनै समस्या भोग्न बाध्य भएका छन् । सदरमुकाम र अन्य क्षेत्रमा रहेका विद्यत ट्रान्सफर्मरहरु कम क्षमता भएका कारण नियमित विद्युत वितरणमा समस्या वढेको कुरालाई हामीले मुख्य चुनौतिका रुपमा लिएका छौं । साथै विद्युत वितरणका पोलको उचित व्यवस्थान हुन नसक्दा त्यसैको कारणले पटक पटक दुर्घटनाहरु र मानविय क्षति समेत हुने गरेका छन्

आर्थिक विकास विना मुलुकको कुनैपनि क्षेत्रको विकास र परिवर्तन सम्भव छैन तर आर्थिक उन्नतीको लागि विद्युतको अपरिहार्यतालाई नकार्न सकिदैन त्यसैले अवका दिनमा धादिङ जिल्लाका सवै क्षेत्रमा विद्युतको समस्या निकाकरण गर्न नेपाल विद्युत प्राधिकरणले तत्काल पहल गरोस् । विद्युत प्रािधकरणको लापरवाहीका कारण जिल्लाका उद्यमी व्यवसायी, संचार उद्योगले भोग्नु परेको समस्या समाधानका लागि तत्काल पहल गरि धादिङ जिल्लालाई लोडसेडिङ मुक्त र समस्या रहित विद्युत उपभोग गर्ने वातावरण वनाईयोस् भनि हामी सामुहिक आग्रह गर्दर्छौ ।

साथै विद्युत वितरणमा देखिएको अनियमता पटक पटक जिल्लाका संचार गृह, अन्य सर्वसाधारणको विद्युतिय सामग्रीहरु क्षति हुन गएको छ । प्राधिकरणको लापरवाहिका कारण भएका क्षतिहरुको तत्काल अध्ययन गरी ती सवैलाई उचित क्षेतिपुर्ति दिने व्यवस्थाको लागि समेत हामी जोडदार माग गर्दछौं ।

धादिङ उद्योग वाणिज्य संघको ज्ञापनपत्रमा ऐक्यवद्घता जनाउने संघ÷संस्थाहरु
१. मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघ
२. नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ
३. नेपाल चीन उद्योग वाणिज्य संघ, धादिङ च्याप्टर
४. प्रत्युष मिडिया प्रा.लि.
५. नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धादिङ
६. नेत्रावती मिडिया प्रा.लि.
७. धादिङ मुद्रण उद्योग संघ, धादिङ
८. रेडियो विहानी
९. रेडियो धादिङ
१०. रेडियो लोकतन्त्र
११. जिल्ला होटल संघ,धादिङ
१२. धादिङ यातायात व्यवसायी संघ
१३. ग्रामिण यातायात सहकारी संस्था लि.
१४. नेपाल हृदयरोग निवारण संस्था
१५. युवा संञ्जाल धादिङ
१६. झीगु नेवा समाज, धादिङ
१७. नेपाल क्षयरोग निवारण संस्था
१८. नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ
१९. चम्किलो युवा समाज धादिङ
२०. नेपाल सुनचाँदी कला व्यवसायी संघ
२१. सुगमटोल सुधार समिति धादिङ
२२. शिव सिलवाल नेपाल टेलिभिजन

ज्ञापन पत्रको वोधार्थ पठाईएका कार्यालयहरु
नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय, काठमाण्डौ
जिल्ला प्रसासन कार्यालय, धादिङ
जिल्ला विकास समितिको कार्यालय, धादिङ
नेपाल विद्युत प्रधिकरण, देविघाट, नुवाकोट