बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचमध्ये एक पक्राउ

592 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / एघार वर्षीया बलिकालाई सामूहिक बलात्कार गर्ने पाँचमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ३२ गते घट्टबाट घरतर्फ र्फकँदै गरेकी ११ वर्षीया बालिकालाई बलात्कार गर्ने पाँचजना मध्ये धादिङकै तसर्पु-९ दामेचौरका १७ वर्षीय कुमार तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्तविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको र पीडितको बयानका आधारमा अन्य चारको खोजी भइरहेको प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो । अन्य चार जना अभियुक्तहरुको पनि खोजी भइरहेकको प्रहरीले जनाएको छ । धादिङ जिल्लामा केही समय यता बलत्कारका घटना बढ्दै गएको छ ।