आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

1258 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डु / हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ ।

janai purnimaतागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्ण्ुा र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । आज जनै तथा राखी बाध्नाले देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त भइने तथा जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको छ ।

आजका दिन नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ । यस दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ समेत भन्ने गरिन्छ ।
rakhi_080112052924तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ । आजै विभिन्न नौ प्रकारका गुडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवारी समुदायले भने आजका दिन ‘गुन्हु पुन्ही’ मनाउने प्रचलन छ ।

उपत्यकाका किसानहरुले आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर भात खुवाउने गर्दछन् । ऋषितर्पणीका अवसरमा काठमाडौँको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर तथा धनुषसागर, जुम्लाको त्रिवेणीलगायतका स्थानमा भक्तजनहरूको घुइँचो लागेको छ ।

/kathmandutoday.com