एमालेले उमेद्वार छनोटको तयारी थाल्यो

542 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ/ मंसिर ४ मा हुने भनिएको संबिधान सभाको निर्वाचन हुने नहुने अन्योल बढीरहेको बेला नेकपा एमालेले सबिधान सभा चुनाबको लागि उम्मेद्वार छनोटको प्रक्रिया बिहीबारदेखि शुरु गर्ने भएको छ ।
बिहीबार बस्ने स्थायी कमिटीको बैठकले उम्मेदवार चयनको लागि मापदण्ड बनाउने र क्षेत्रीय तथा जिल्ला कमिटीलाई सम्भाबित उमेदवारको नामावली पठाउन निर्देशन दिने एमालेले जनाएको छ ।
बुधबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा उम्मेदवार छनोटबारे बिहीबार छलफल गर्ने निर्णय भएको सचिब शंकर पोखरेलले जानकारी दिनुभयो । हरेक क्षेत्रीय र जिल्ला कमिटीलाई ३/३ जना सम्भाबित उमेदवारको नाम पठाउन लगाउने तयारी भैरहेको सचिब पोखरेलले बताउनुभयो ।
यस्तै एमाले स्थायी कमिटीको बैठकले मंसिर ४ मा हुने संविधान सभा चुनावमा सबै दललाई सहभागी गराउन पहल गर्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको बैठकले मंसिर ४ को चुनावलाई लक्षित गरेर चुनावी अभियान संचालन गर्ने र चुनावमा सबै दललाई सहभागी गराउन पहल गर्ने निर्णय गरेको हो ।
बैठकले मतदाताका बीचमा नेकपा एमाले अभियान संचालन गर्ने निर्णय गरेको सचिव पोखरेलले जानकारी दिनुभयो । मधेशी समुदायलाई लक्षित गरेर तराईमा विशेष अभियान संचालन गर्ने निर्णय पनि बैठकले गरेको सचिव पोखरेलले जानकारी दिनुभयो ।