ओढारदेखि आश्रमसम्म (फोटो फिचर)

593 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  • रामेश्वर कार्की
यस्तो थियो ओडारमा दम्पतीको बास।यस्तो थियो ओडारमा दम्पतीको बास।
धादिङ — दुई वर्षदेखि ओढारमा कस्टप्रद जीवन बाँच्दै आएका धादिङ तसर्पु–१ धैरेनीका पवबहादुर भुजेल र बेली भुजेल (माइली) दम्पतीलाई उद्दार गरिएको छ। उनीहरुलाई हेटौंडास्थित चुरियामाई ३ रातमाटेको दिव्य सेवा निकेतन आश्रममा पुनर्स्थापना गरिएको हो।

सोमबार नागरिक दैनिकमा ओढारमा भोकभोकै शीर्षकमा समाचार प्रकाशित भएपछि सहयोग गर्न मंगलबार भुजेल दम्पती बसेको ओढारसम्म राष्ट्रिय बीमा संस्थानका कर्मचारी बुद्धिप्रसाद रेग्मी र भूतपुर्व गोर्खा सैनिक पुर्णकुमार गुरुङ पुगेका थिए। उनीहरु दुवैजना काठमाडौंबाट उद्दारका लागि आएका हुन्।

बृद्ध दम्पतीको अवस्था कष्टकर देखेपछि उनीहरुलाई खाना भन्दा पनि बाँचुञ्जेल पुनर्स्थापना जरुरी रहेको निष्कर्ष निकालेका थिए। रेग्मी र गुरुङको सहयोगमा बुधबार उनीहरुलाई आश्रम स्थलमा पुर्याकइएको हो। मंगलबार स्थानीय प्रतिनिधि, राजनीतिक दल, प्रहरी र पत्रकारको टोलीले स्थलगत निरीक्षण गरेर आश्रममा राख्न उपयुक्त हुने सुझाव दिएका थिए।

गाउँ विकास समिति तसर्पुको अनुरोध बमोजिम उनीहरुलाई आश्रमले जिम्मा लिएको निकेतनका अध्यक्ष चम्फुसिं वाइबाले बताए। उनीहरुको आजीवन भरण पोषण निम्ति लाग्ने खर्च रेग्मी र गुरुङले आश्रमलाई उपलव्ध गराउने बताएका छन्।

ओढार पुगेका सबैलाई दम्पत्तिले बाँचुन्जेल आफूले भोगेका दुःखको बेलिविस्तार लाएका थिए। हिँड्ने बेलामा एक पटकमाथि पुगेर आउँछु भनेर कान्लो उक्लिएका उनीहरु आफूलाई आश्रय दिएको भित्तो सुमसुम्याएर गहभरी आँसु पारेका थिए।

old10

दम्पतीको उद्दारमा पुगेको टोली

oldold

टोली पुग्दा यस्तो अवस्थामा भेटिए दम्पती

old4

आफूलाई आश्रय दिने भित्तोलाई अंगालो मारेर फर्किंदै

 

old3

 

old5

सकिए ओढारका बास, फर्किंदै उनीहरु

old8

बाटोमा पर्ने खोलामा यसरी तारियो

old

महादेवबेसी बजारमा नुवाएर लुगा फेरेपछि प्रशन्न मुद्रामा

old05 copy

गाडीमा चढ्दै

old7

वृद्धको मुस्कान

old6

 

– http://nagariknews.com