धादिङमा २४ सय ७६ जनाले नाम दर्ता गराए

556 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  भदौ ८ – फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन थपिएको समयमा धादिङमा २४ सय ७६ जनाले नाम दर्ता गराएका छन् ।

१ हजार ८३ जना महिला र १ हजार ३ सय ९३ जना पुरुषले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । भदौ १ देखि शुरु भएको छुट नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा प्रत्येक दिन ३ सय भन्दा बढीले फोटो खिचाएका थिए ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनम भोट हाल्न दलहरुले गाउँ गाँउमा पुगेर असार मसान्तमा १८ बर्ष उमेर पुगेका व्यक्तिको खोजी गर्दै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सदरमुकाम ल्याएका थिए ।

शुक्रवार राती साढे आठ वजेपछि फोटो खिचाउने काम सकिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । गएको असार मसान्तसम्ममा धादिङमा एक लाख ६८ हजार ३ सय ५४ जनाको नाम दर्ता भएको कार्यालयले जनाएको छ ।

धादिङमा झण्डै २५ सयले नाम दर्ता गराए मतदाता नामावलीमा नाम लेखाउन गाउँबाट ट्रक चढेर आएका सर्बसाधारण । तस्बिरः धादिङ न्युज