श्रीकृष्णाष्टमीको महत्व

754 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                                                                           -डि आर ज्ञवाली
यो पर्व भाद्र कृष्ण अष्टमीका दिन पर्दछ । यस दिन भगवान श्रीकृष्णको जन्म भएको हुँदा जन्मोत्सवको रुपमा मनाइन्छ । यस दिन हिन्दुधर्मालम्बीहरु,बिशेष गरी महिलाहरुले धुमधामसँग मनाउने चलन रहेको पाईन्छ । भगवान श्रीकृष्णलाई विष्णुको आठौं अबतारको रुपमा पौंराणिक ग्रन्थ एवं कथामा उल्लेख गरेको पाईन्छ । श्रीकृष्णले गीतामा “जब जब पृथ्वीमा धर्मको नाश हुन्छ, त्यस बेला मैले आफ्नो अवतार लिएर धर्मको रक्षा गर्न आउने छु ।” यो भनाई बाट के पुष्टि हुन्छ भने,महाभारतको कथामा कौरव र पाण्डव बीचकोलडाइमा कृष्णले धर्मको पक्ष लिएको प्रष्ट हुन्छ । जसले भगवान कृष्ण धर्मप्रेमी रहेको जान्न सकिन्छ ।
भगवान कृष्णको जन्मोत्सव पर्व सम्पूर्ण हिन्दुहरुले धूमधामसँग मनाउने चलन हाल सम्म रहेको छ । नेपालमा पनि यो पर्व हर्षोल्लासका साथ मनाईन्छ । श्राद्धालु भक्तजनहरु यस दिनभरी भोकै बसेर ब्रत,पूजापाठ, गर्दछन । यस दिन कतिपय स्थानमा कृष्णको जीवनसँग रहेर श्रीकृष्णलीला नाटक मञ्चन गर्ने, मन्दीरमा भजन कीर्तन गर्ने चलन पनि रहेको पाईन्छ । पौंराणिक कथामा उल्लेख भए अनुसार यस दिनको महत्व विशेष रहेको जान्न सकिन्छ । द्धापरयुगको अन्त्यमा भारतको मथुरामा राजा उग्रसेनले राज्य गरेको र आफ्नै छोरा कंसले केही समय पश्चात् राजगद्दीबाट हटाई आफैले राजगद्दी लिएको पाईन्छ । कंसले राजगद्दी लिने वित्तिकै उग्र हिसावले आतंकको राज्य गरेको पाईन्छ । उग्रसेन राजाकी छोरी देवकीको विवाह मथुराकै वसुदेवसँग भएको र एक दिन बहिनी ज्वाँईलाई घर पुर्याउन जाँदा बाटोमा “देवकीको आठौं पुत्रले तेरो बध गर्नेछ” भन्ने अनायस आकासवाण्ी सुन्यो । त्यसपछि कंसले रीस, क्रोधको अहंकार निकाली कराउन थाल्यो र कुनै सीमा रहेन । रीसै रीसमा आफुसँग भएको धारिलो तरवार झिकी आफ्ना बहिनी ज्वाँईलाई मार्न तयार भएको र बहिनीले आफ्नो जीवन रक्षाको लागि अनेक विन्ती गरिन । अनेक विन्ती पश्चात् देवकीले आफ्ना कोखबाट जन्मेका सबै सन्तान दाईलाई दिने सर्तमा ज्यान जोगिएको पाईन्छ । बहिनी देवकीले आफ्ना सबै सन्तान दिने वचन गरे पनि कंसले छुटकारा नदिई दुवैजनालाई फलामको सिंक्रील बाधी कारागारमा राखेको थियो । आफ्नो बाबुलाई राजगद्दी बाट हटाए पछि आफ्नो नियन्त्रणमा रहने गरी कारागारमा थुनेको थियो । जय श्री कृष्णाष्टमी ।