जिल्ला शिक्षा कार्यालय धादिङको सूचना

1227 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ जिल्लामा रहेका ५९२ सामुदायिक विद्यालयहरुमा एक विद्यालय एक पुस्तकालय पुर्याउने लक्ष्य अनुसार आ.व.६९÷०७० सम्म २३३ विद्यालयहरुमा पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको र २० विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापनाको क्रममा रहेको अवगत गराउन चाहन्छौ ।

यसै सन्दर्भमा जिल्ला शिक्षा कार्यालयको पहल र जिल्ला विकास समिति एबम् गा.वि.स.हरु समेतको सहयोगमा पुस्तकालय विकासको क्षेत्रमा कार्यरत संस्थाहरु रुम टु रिड नेपाल, प्रयास नेपाल तथा विद्यालयहरुसँगको सहकार्यमा एक विद्यालय एक पुस्तकालय अभियान अन्तर्गत सन् २०१४का लागि पुस्तकालय माग फाराम संकलन गर्ने कार्य भाद्र १ गते देखि भाद्र मसान्तसम्म हुने भएकोले उक्त समयाबधि भित्र फाराम भरी बुझाउन सम्पुर्ण विद्यालयहरुलाई सूचित गरिन्छ ।
फाराम पाईने र बुझाउने स्थान ः जिल्ला शिक्षा कार्यालय धादिङ र प्रयास नेपाल धादिङको कार्यालय
थप जानकारीको लागि
जिल्ला शिक्षा कार्यालय धादिङ ः ०१०५२०१२४, ९८५११२०५७७
रुम टु रिड नेपाल र प्रयास नेपाल धादिङ ः९८४१७२६२८४, ०१०५२०४५०, ९८४१६५६९४१