चेपाङ संघका केन्द्रिय अध्यक्ष सहित १ सय ५२ जना एमालेमा

661 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रामेश्वर कार्की
धादिङ २३भदौ । एकीकृत नेकपा माओवादी निकट रहेको चेपाङ राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय सद्स्य एबम एकीकृत नेकपा माओवादी धादिङ जिल्ला कमिटी सदस्य जितेन्द्र चेपाङ सहित एक सय ५२ जनाले नेकपा एमाले प्रवेश गरेका छन् । आईतबार धादिङको नौबिसेमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङ जिल्ला कमिटी सदस्य समेत रहेका चेपाङ एमाले प्रवेश गरेका हुन् । जितेन्द्र नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष समेत हुन ।
युवा संघ नेपालका केन्द्रिय अध्यक्ष महेश बस्नेतले टिका लगाएर चेपाङ सहितको टोलीलाई एमाले प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा अधिकांश धादिङ क्षेत्र नं. ३ का विभिन्न गाउँ विकास समितिका युवाहरु थिए ।
एमाले प्रवेश गरेका चेपाङले मन्तव्यको क्रममा एमालेले लिएको बहुपहिचान सहितको संघियताको प्रस्ताव आफुलाई मन परेको र सबैको पहिचानलाई सम्मान र आदिवासीको हित गर्ने पार्टी भएकाले एमाले प्रवेश गरेको बताए । एमाले प्रवेश गरेका चेपाङले केहि दिनभित्र तीन सय चेपाङलाई एमाले प्रवेश गराउने बताएका छन् ।
पार्टी प्रवेश लगत्तै एमाले जिल्ला अध्यक्ष खेमप्रसाद लोहनीले चेपाङलाई धादिङ क्षेत्र नं. ३ बाट समानुपातिक उम्मेद्वार सिफारिस गरिएको जानकारी दिए ।