चेपाङ भाषाका पहिलो समाचारवाचक उद्धव चेपाङ सम्मानित

803 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ, / चेपाङ भाषाका पहिलो समाचारवाचक उद्धव चेपाङ धादिङमा सम्मानित हुनुभएको छ ।

नेपाल चेपाङ संघ धादिङको छैटौ जिल्ला अधिबेशनमा शुक्रवार सम्मान उहाँलाई गरिएको हो । धादिङ धुषा गाविस घर भएका उद्धवले २०६४ सालमा पहिलो पटक रेडियो धादिङबाट चेपाङ भाषाको समाचारवाचन शुरु गर्नुभएको थियो ।

लोप हुने अवस्थामा पुगेको चेपाङ भाषाको सरक्षण गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै चेपाङ संघले उहाँलाई सम्मान गरेको हो । उद्धव अहिले धादिङको धार्केवाट प्रशारण हुने रेडियो राजमार्गको स्टेशन मेनेजर हुनुहुन्छ ।