“जियोलाईट प्रविधि” ( बीउ सुकाउने र भण्डारण गर्ने एक नयाँ प्रविधि

856 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/बीउ सुकाउने र भण्डारण गर्नको लागि विभिन्न प्रविधिहरु विद्यमान रहँदै आएको सन्दर्भमा जियोलाईट प्रविधि पनि नेपालमा अनुसन्धानको क्रममा रहेकोछ ।

             बीउको चिस्यानलाई सन्तुलन कायम गरि बीउको गुणस्तरमा सुरक्षित र बीउलाई दिर्घकालसम्म बचाउनको लागि यो प्रविधि सस्तो र भरपर्दो भएको अनुसन्धानको क्रममा देखिदै आएकोछ । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत बीउ विज्ञान प्रविधि महाशाखा र ज्यचतऋच्क्एरग्क्ब्क्ष्म् को संयुक्त पहलमा सन् २०१० जनवरीबाट सुरुवात भई हालसम्म यस प्रविधिको अनुसन्धान कार्य जारी नै रहेकोे छ । यो कार्यक्रम देशको विभिन्न अनुसन्धान निकाय जस्तै बीउ विज्ञान प्रविधि महाशाखा खुमलटार, कृषि अनुसन्धान केन्द्र मालेपाटन पोखरा, दैलेख, कृषि बनस्पति महाशाखा खुमलटार, राष्ट्रिय आनुबांशिक श्रोत केन्द्र (जिन बैंक) र राष्ट्रिय गहुं वाली अनुसन्धान कार्यक्रम, भैरहवामा बीउ सुकाउने र भण्डारण गर्ने अनुसन्धनात्मक कार्यहरु सञ्चालन हुँदै आई रहेकोछ । यस कार्यक्रम अन्तर्गत तरकारीको बीउ, मकै, धान, गहुं र कफि बालीको बीउहरुमा जियोलाईटको प्रयोग गरी बीउ सुकाउने कार्यको परिक्षण भईरहेको छ ।

                    विष्ोशतः हावापानीको परिवर्तन भई वढि आद्रता हुने वातावरणको परिप्रेक्ष्य समेतलाई मध्यनजर गरी उत्पादित बीउको गुणस्तर र भण्डारण लामो अवधिसम्म राख्न नसकिएको हाम्रो जस्तो देशका कृषकहरुको लागि यो सरल, भरपर्दो र उपयोगि माध्यम पनि हो । यो जियोलाईट्स सेतो रंगको गोलो दाना आकारको “अलुमिनो सिलिकेट्स” भन्ने पदार्थवाट बनेको हुन्छ । बीउ भण्डारणमा आई पर्ने विभिन्न समस्याहरु जस्तै बीउमा लाग्ने ढुसीको संक्रमण, कीरा लाग्ने जस्ता सधै आई रहने समस्याहरुवाट चिन्तित कृषक वर्गहरुलाई यो प्रविधि अझ फलदायि हुने देखिन्छ ।

यो प्रविधिको वारेमा जानकारी दिन जिल्ला कृषि विकास कार्यालय धादिङको सहयोगमा सो जिल्लाको नीलकण्ठ– ६, भुलभुलेमा ज्ःच्ए अन्तरगत संचालित मकै बीउ उत्पादन समुहका कृषकहरुलाई यस प्रविधिको वारेमा जानकारी दिई कृषकहरुलाई उत्प्रेरीत गराउने हेतुले  एक दिने तालिम कार्यक्रमको संचालन गरिएको थियो । यस कार्यक्रममा २८ जना गुरुङ जनजाति समुदायका कृषकहरुको सहभागिता रहेको थियो । साथै २३ जना महिलाहरुको सहभागिता रहेको थियो ।  तालिम कार्यक्रममा बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारका प्रमुख डा. ज्वाला बज्राचार्यले कार्यक्रमको उद्देश्य, महत्व र बीउ सुकाउने कार्यको लागि जियोलाईट प्रविधिको प्रभावकारिताको विषयमा औल्याउनु भएको थियो । सोही महाशाखाका वैज्ञानिक सूर्यप्रकाश पौडेलले जियोलाईट प्रविधिको विषयमा कृषकहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको प्रर्दशन गरेर देखाउनु भएको थियो । साथै प्राविधिक अधिकृत  जानकी दत्त न्यौपानेले बीउ सम्वन्धी विविध विषयमा जानकारी दिनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि प्रसार अधिकृत  चक्रपाणी पन्थी र सिभिक डेभलपमेण्ट बैंक लि.का महा प्रवन्धक श्री प्रकाश मान बज्राचार्यको समेत उपस्थिति रहेको थियो ।