‘मंसिर ४ मा चुनाव नभए राजतन्त्र फर्कन्छ’ प्रचण्ड

875 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, ३१ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ मा नै संविधान सभाको निर्वाचन सम्पन्न नगरे देशमा फेरि निरंकुश राजतन्त्र फर्कने खतरा रहेको बताएका छन् ।
सोमबार एमाओवादीको सुचना तथा सञ्चार व्युरोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा  अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र फर्काउन प्रतिक्रियावादीहरु ग्राण्ड डिजाइनमा लागेको हुँदा जसरी पनि मंसिर ४ मा नै निर्वाचन सम्पन्न गर्नेपर्ने बताएका छन् । उनले भने, ‘देशमा अहिले नै राजतन्त्र फर्कने सम्भावना त छैन तर फेरि २०४७ सालको संविधान ब्युताउन र राजतन्त्र फर्काउन केही प्रतिक्रियावादी शक्तिहरु सल्बलाइरहेका छन् ।’ उनले भने । प्रशिक्षणमा देशभरका क्रन्तिकारी पत्रकार संघका अध्यक्ष तथा केन्द्रीय सदस्य, जिल्लाका प्रचार विभागका प्रमुख र पत्रकारहरु सहभागि थिए ।