धादिङकी चेली विपना बनिन लिटिल मिस वल्र्ड नेपाल(२०१३)को विजेता -टर्कीको अन्टालियामा हुने १३ औं संस्करणको लिटिल मिस वल्र्डमा नेपालका तर्फबाट भाग लिदै

913 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एशोदा नेपाल

धादिङ,१ असोज ः लिटिल मिस वल्र्ड नेपाल(२०१३) को उपाधी धादिङ मुरलीभञ्ज्याङकी १४ बर्षिया विपना अधिकारीले जितेकी छिन । बालप्रतिभा प्रदर्शन एवं संस्कृति संवद्र्धन गर्ने उद्धेश्यले नेप्लिज काउन्सिलको आयोजनामा भएको प्रतियोगितामा ६० जना प्रतिस्पर्धिलाई पछि पार्दै विपनाले आफ्नो सपना पुरा गरेकी हुन । 1234
भदौ २२ गते काठमाडौंमा सम्पन्न भएको प्रतियोगिताको अन्तिम छनौट चरणमा १४ बर्षिया विपनाले प्रतियोगिताको सर्वोत्कृष्ठ उपाधीका साथै थप चारवटा विधामा समेत अवार्ड हात पारेकी छिन । उनले प्रतियोगिताको उपाधी संगै फेण्डसिप,मिस ट्यालेण्ट ,मोडेल अफ दि एयर र पव्लिक च्वाईसमा समेत गरी चारवाट विधामा प्रथम भई अवार्ड प्राप्त गरेकि थिइन । प्रतियोगितामा विपनाको दर्ता नम्बर ४० रहेको थियो ।
धादिङको ज्यामरुङ गाविसको वडा नम्बर २ मा पुख्र्यौली वसोवास रहेको भएपनि केही बर्ष देखि मुरलीभञ्ज्याङ गाविसको वडा नम्बर २ मा वस्दैआईरहेका केशव अधिकारी र ललिता अधिकारीका दुई सन्तान मध्येकी कान्छी हुन ललिता । उनको १६ बर्षिय एक दाजु पनि छन । काठमाण्डौको डल्लुमा रहेको स्वर्णिम उच्च माविमा कक्षामा अध्ययनरत विपनाले पढाईका साथै अतिरिक्त कृयाकलापमा नृत्यमा बिशेष चासो राख्ने गरेको उनका बुबा केशव अधिकारीले वताउनु भयो ।
प्रतियोगितामा विजयी विपनाले लिटिल मिस वल्र्ड नेपालको हैसियतले असोज १३ देखि १९ गते टर्कीको अन्टालियामा हुने १३ औं संस्करणको लिटिल मिस वल्र्डमा नेपालका तर्फबाट भाग लिने भएकी छिन ।
लिटिल मिस वल्र्ड नेपालका अन्तिम प्रतिस्पर्धाका लागि भक्तपुर, ललितपुर, झापा, सिन्धुपलान्चोक, बुटवल, धनगढी, पोखरा, स्याङजा, जनकपुर, चितवन, गोरखा, रौतहट, भोजपुर, काठमाडौं आदि स्थानबाट ६० जना प्रतिस्पर्धी छनौट गरिएका थिए । प्रतियोगितामा मिस पपुलर, ट्यालेन्ट, क्युट, फोटोजेनिक, डिसिप्लीन, फ्रेन्डसीप, पञ्चुआलिटी, बेस्ट हेयर, वेस्ट स्किनलगायत नेप्लिज काउन्सिल मोडल अफ द इयर( २०१३ ) को उपाधिसमेत वितरण गरिएको थियो । गरिनेछ । यस अघि विपश्वी पौडेल तथा सुप्रिया मास्केले टर्कीमा सम्पन्न ११ औं सस्करणको लिटिल मिस वल्र्ड(२०११ तथा १२ औं सस्करणको टिन मिस वल्र्ड (२०१२ मा शीर्ष उपाधि जित्न सफल भएका थिए । नेपालले यस पटक समेत गरी लिटिल मिस वल्र्ड तेश्रो पटक सहभागिता जनाउंदै गरेको वतार्ईएको छ । विगतका वर्षमा जस्तै यस पटक पनि प्रतियोगितामा नेपालको नाम उच्चस्थानमा राख्ने विपनाले दावी गरेकी छिन । आंफुलाई यो स्थानमा ल्याईपु¥याउन आफ्ना वाबा आमा,अभिभावकहरुका साथै बिद्यालयका शिक्षक शिक्षिका र साथीहरुको ठुलो सहयोग रहेकी विपनाले बताईन ।
छोरीको नृत्यमा बिशेष रुची थियो, नृत्यसंगै अन्य बिषयमा पनि उत्तिकै चासो देखाउंथिन, पढाईलाई असर नपर्ने गरी अतिरिक्त कृयाकलापमा सहभागी हुन हामीले साथ दिएकाले आज धादिङ जिल्लाको छोरीले बिश्वमा नेपालीको प्रतिनिधित्व गर्न लागेकोमा निकै खुसी लागेको विपनाकी आमा ललिताले वताउनु भयो । विपनाले लिटिल मिस वल्र्ड नेपालको उपाधी जितेर अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन जान लागेको खवरले उनको पुख्र्यौली गाउं ज्यामरुङ र अहिलेको वसोवास रहेको मुरलीभञ्ज्याङका आफन्तहरुमा खुसीयाली छाएको विपनाका ठुलोबुबा डम्बरवहादुर अधिकारीले वताउनु भएको छ ।