रामकोटको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

619 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुरलीभञ्ज्याङ, /रामकोट बचत तथा ऋण सहकारी संस्था लि. मुरलीभञ्ज्याङ को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन भदौ ३० गते मुरलीभञ्ज्याङ–१, रामकोट हटियामा सम्पन्न भएको छ ।

कार्यक्रममा गत आ.व.२०६९÷७० मा गरेको प्रगती प्रतिवेदन तथा आगामी वर्षको निति तथा कार्यक्रम सचिव प्रकाशकुमार श्रेष्ठ र आर्थिक प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय व्यय कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कुल शेयर पुँजी रु. ११,२९,३०० रहेको सहकारी संस्थामा २१८ जना महिला र १९१ जना पुरुष गरी जम्मा ४०९ जना शेयर सदस्यहरु रहेका छन् । आ.व. २०६९÷७० मा कुल आम्दानी रु. १०,७९,३५५ गरेको सहकारी संस्थाले खुद मुनाफा रु. ३,१२,८३७ गर्न सफल भएको छ । २०६६ सालमा २५ जना युवाहरुको सक्रियतामा स्थापना भएको सहकारीको कुल सम्पती तथा ऋण लगानी ६५,९७,६६० रहेकोको छ । भने आगामी वर्षको लागी १,३१,१५,००० रुपैँयाको अनुमानित योजना प्रस्तुत गरिएको थियो । भने २०६९ सालमा क्ीऋ पास गर्ने १५ जना शेयर सदस्यका छोरा छोरीहरु तथा ४ जना जेष्ठ नागरिकलाई लाई सम्मान गरिएको थियो । हाल यस सहकारी संस्थाले सदस्यहरुलाइ बचत तथा ऋण परिचालन, स्वच्छ खानेपानी, सामुदायिक सरोकारका विषयहरुमा सहयोग गर्दै आइरहेको छ । भने आगमी वर्ष सहकारी आफैँले वेमौशमी तरकारी खती, तरकारी संकलन केन्द्र, सहुलियत ब्याज दरमा गोवर ग्याँस कर्जा ,उपभोक्ता पसल पनी सञ्चालन गर्ने लक्ष्य लिएको वताईएको छ ।
हेमराज श्रेष्ठको अध्यक्षतामा रहेको पुरानो संचालक समिति विघटन गर्दै उहाँकै अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिति तथा घननारायण श्रेष्ठको संयोजकत्वमा ३ जनाको लेखा समिति चयन गरेको छ । नव गठित कार्य समितिमा उपाध्यक्षमा बावुराम श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सचिवमा प्रकाशकुमार श्रेष्ठ, सहसचिवमा चकनारायण श्रेष्ठ, सदस्यहरुमा रुपा श्रेष्ठ, डण्डनारायण श्रेष्ठ, राजन कुमाल र डिलकुमार श्रेष्ठ चयन हुनुभएको छ । भने लेखा समिति तर्फ सदस्यहरुमा चिजकुमार श्रेष्ठ र बलराम श्रेष्ठ निर्वाचित हुनुभएको सहकारीले जनाएको छ ।