सोह्रश्राद्ध आजदेखि सुरु

578 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाडौं, असोज ४ – हिन्दु परम्परा अनुसार आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध सुरु भएको छ ।

आश्विन कृष्णपक्षमा सूर्य कन्या राशिमा बसेका बेला पितृका निम्ति पर्वजस्तै हुने धार्मिक मान्यता रहेको छ । पितृपक्षको तिथिमा आफ्ना दिवङ्गत पितृहरुलाई श्रद्धाकासाथ अन्नजल अर्पण गरिने भएकाले सोह्रश्राद्धको विशेष महत्व रहेको छ ।

ठूला चाडपर्व, यज्ञ लगायतका पर्व तथा उत्सव गर्नुभन्दा पहिले पितृपुजा गर्ने मान्यता अनुसार बडा दशैं र तिहार जस्ता ठूला चाड नजिकएको बेलामा पर्ने सोह्र श्राद्धले पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउने मान्यता छ ।

आजदेखि सुरु भएको सोह्रश्राद्ध आउँदो औंशी तिथिमा सम्पन्न हुन्छ ।

ujyaaloonline.com