धादिङका युवाहरुमा बैज्ञानीक प्रतिभा धादिङ नलाङका साकारले बनाए हाइड्रोलिक डोजर

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / धादिङ जिल्लाको बेनिघाट गाबिस वडा नम्बर ८ का मालिक श्रेष्ठले २०५८ साल्मा आफ्नै खोजमा ब्याट्रीबाट चल्ने स्काभेटर, त्रिशुली नदीमा आँफै वार पार गर्ने डुङगा, उकालो ओरालोमा १ किलो वजन लिएर गुड्ने ट्रकको निर्माण गर्नुका साथै त्यस्को प्रयोग समेत गरेर सबैलाई चकित पार्नु भएको थियो थिए । त्यतिबेला कान्तिपुर दैनिक लगायतका संचार माध्यमले ले निकै स्थान दिएर मालिक श्रेष्ठको प्रतिभाको प्रचार प्रसार गरेका थिए । खुशी लाग्यो धादिङ जिल्लाकै अर्को भाईले पनि यो काम गरेर देखाएका छन । 

काठमाडौं कलंकीको एलआरआई स्कूलमा कक्षा ८ मा पढ्ने साकार अर्यालले हाइड्रोलिक डोजर बनाएर सबैलाई चकित पारिदिएका छन् ।
स्कूलमा भदौ १५ गते भएको विज्ञान प्रदर्शनीमा उनको डोजरले पहिलो स्थान हासिल गरेपछि शिक्षक र साथीभाइ समेत नभएर अरुले समेत उनको सोधीखोजी गर्न थालेका छन् ।
उनले काठ, सिरिञ्ज र स्लाइनको पाइपबाट डोजर बनाएका हुन् । यसअघि उनले साथीहरुसँग मिलेर जेनेरेटर र पंखा पनि बनाएका थिए । धादिङ जिल्ला नलाङ गाविस वडा नं. ७ घर भएका साकार सानैदेखि विज्ञान र आविष्कारमा रुची राख्थे । ‘भविष्यमा इलेक्ट्रोनिक इञ्जिनियर हुने इच्छा छ’ साकारले भने ।
साकारको चाहना साकार पार्न उनका परिवार पनि लागेका छन् । ‘भाइ सानैदेखि नयाँ कुरामा रुची राख्ने गर्छ । घर गएको बेला उसले आफ्नै प्रयासमा डोजर बनाएको हो’ साकारकी दिदी अनिशाले भन्नुभयो ।
साकारका बुबा श्रीराम अर्याल धादिङ नलाङको मिन्दूका माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ ।