सेना परिचालनका लागि बाधाअड्काउ फुकाउ अध्यादेश ल्याउन राजनीतिक समितिको आग्रह

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/प्रमुख राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा चुनावमा सेना परिचालनका लािग आवश्यक संवैधानिक अड्चन फुकाउन बाधा अड्काउ फुकाउ अध्यादृश ल्याउन सरकारलाई आग्रह गरेको छ ।                   सोमबार  बिहान बसेको समितिको बैठकले अब हुने संविधानसभा व्यवस्थापिका संसदको पहिलो बैठकले सेना परिचालनको निर्णय अनुमोदन गर्ने गरी बाधा अड्काउ फुकाउनको अध्यादेश ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले चुनावमा सेना परिचालन गर्नेबारे सरकारले पठाएको सिफारिसलाई सच्याएर ल्याउन सुझाव दिएपछि राजनीतिम समितिले यस्तो निर्णय गरेको हो । नेपालको वर्तमान संविधानअनुुसार सेना परिचालनका सम्बन्धमा सरकारले पठाएको प्रस्ताव नमिलेको निष्कर्ष निकाल्दै राष्ट्रपतिले संविधानको बाधा अड्काउ फुकाउमार्फत् प्रावधान सच्याएर ल्याउन सरकारलाई सुझाव दिनुभएको हो । सरकारले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित बनाउन चुनावमा सेना परिचालनका लागि स्वीकृति लिन राष्ट्रपतिसमक्ष केही दिनअघि सिफारिस गरेको थियो । यसैगरी चुनावको विरोध गरिरहेका नेकपा माओवादीसहित अरू सबैलाई चुनावमा सहभागी हुन आग्रह गरिने निर्णय भएको नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।सोमबार  समितिले गरेका सबै निर्णयबारे नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर जानकारी गराउनुभएको वछ ।