जलवायु परिवर्तनका बिषयमा धादिङबेसीमा छलफल

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी/पानी परोस या घाम चर्कियोस चिसो बढोस या वमौसममा फलफुल नै किन नफलोस अर्थात वेलैमा वर्षा नभएको कारणमा होस या खेतीवालीमा देखिएको परिवर्तन नै किन नहोस सबैको एउटै जवाफ हुन्छ जलवायु परिवर्तन । जलवायु परिवर्तनका कारण समुदायमा देखिएका चुनौती र त्यसका असर न्युनिकरणका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भएका प्रयासहरुको वारेमा धादिङबेसीमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

जलवायु परिवर्तनको उच्च जोखिम जिल्ला भएकोले जलवायु अनकूलनका कार्यक्रम संचालन गर्नका लागि  माग गरेका छन् । पहिरो, बाढी आदीका कारण जिल्ला उच्च जोखिम रहेको र ग्रामीण समूदायलाई बचाउन जोखिम न्यूनिकरण गरि अनूकूलनका कार्यक्रम गर्नुपर्ने सरोकारवालाहरुको जोड रहेको थियो ।

परिवर्तनका लागि प्रतिवद्ध समाज कोसोक नेपालको स्थानीय संयोजनमा स्वच्छ उर्जा नेपाल र डव्लु डव्लु एफ ले सोमवार धादिङबेसीमा जलवायु परिवर्तन राष्ट्रिय अनुकुलन योजना तर्जुमा प्रकृया सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । जिल्लामा बाढी, पहिरो, सुख्खा क्षेत्र र उच्च जोखिममा रहेको जलाधार क्षेत्रको विश्लेषण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय अनुकूलन कार्ययोजना र जिल्लामा सचालन गर्न सकिने अनूकूलनका कार्यबारे स्वच्छ उर्जा नेपालका सुनिल आचार्य र राजु पंडित क्षेत्रीले सहजीकरण गर्नु भएको थियो । जिल्ला भु संरक्षण अधिकृत राजु सापकोटा, कोसोक नेपालका कार्यवाहक सिताराम अधिकारीले कार्यक्रम सम्वन्धि अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तन हुनुको कारण यसवाट बिश्वले भोग्नु परेको समस्या ठुला राष्ट्रका कारण नेपाल जस्ता साना देशमा परिरहेको प्रभावका वारेमा सहभागीहरुले आ–आफ्नो धारणा राखेको थिए । साथै जिल्लामा जलवायु परिवर्तनको असर न्युनिकरणका लागि गरिनुपर्ने भावी कार्यक्रमका वारेमा पनि छलफल गरिएको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देल, जिल्ला कृषि विकास कार्यालयका अधिकृत रामहरि सोती, चक्रपाणी पन्थी, जिल्लाशिक्षा कार्यालयका अधिकृत जनादर्न रिजाल लगायत को सहभागिता रहेको थियो ।