युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा साङकोषमा आय आर्जन कार्यक्रम

615 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सगिता आले मगर
ं“यु एम् एन्ले यतिको बनायो, चारैतिर चेतना फैलायो , जुटौँ साथी
हो……….दुव्र्यवहार हटाउन नारीमाथीको” यो गीतका हरफहरुसंगै
प्रगतिशिल उद्यमशील महिला समूहका सदस्यहरुले अनुगमनमा खटिएका टोलीहरुलाई मंगलबार साङकोषमा भब्य स्वागत गरेको  थिए ।गीत मार्फत उनिहरुले  युनाईटेड मिसन टु नेपाल धादिङ र नारी जागरण केन्द्र धादिङले साङकोष गाविसका किसानहरुलाई पुर्याएको सहयोगको प्रसंसा समेत गरेका थिए ।

युनाइटेड मिसन टु नेपाल धादिङको आयोजना र आफ्नो साझेदार संघसस्थाहरुसंगको सहकार्यमा साङ्कोष गाविसमा संचालन गरेको आय आर्जनको हिसावले अत्याधिक रुपमा बृद्धि भएको छ । अन्तक्र्रियामा सहभागी महिलाहरुले कार्यक्रम संचालन पश्चात आफुमा आएको परिवर्तनको कुरा सुनाउँदै गाउँ गाउँमा आयआर्जनको कार्यक्रम संचालन नहँुदा श्रीमानको कमाइमा निर्भर रहनुपरेपनि अहिले आफ्नै आत्मनिर्भर भैसकेको बताएका छन् ।

युएमएन र नारी जागरण केन्द्रको सहयोगमा आफुहरु व्यवसायिक बन्दै गएको बताउँदै महिलाहरुले सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए । अन्तरक्रियामा बोल्दै उद्यमशिल महिला समूहकी सचिव गंगा घिमिरेले केही वर्ष अघिसम्म समूहको मिटिङ÷बैठकमा जाँदा साँझमा रोएर बस्नु पर्ने महिलाहरु अहिले परिवारका सदस्यहरुलाई नै सम्झाएर हिड्न सक्ने भएको बताउनुभयो ।

समूह गठन गरेर महिलाहरु एकजुट हुँदै जाँदा पुरुषहरुको सोचमा पनि सकारात्मक परिवर्तन देखिएको उहाँले बताउनुभयो । त्यस्तै समूहकी सदस्य सिता ढुंगानाले संस्थाको सहयोगबाट पछिल्लो समयमा केही वर्ष यता तरकारी खेती, कुरिलो खेती तथा बाख्रा पालन गरेर आर्थिक श्रोत जुटाउन सक्ने भएकी छिन् । सहकारी संस्थामा स्थापना हुनु अघि घरकै चुलोचौकोमा सिमित हुनु परेको ढुङगनाले आफ्नो यथार्थता सुनाउँदै अब जस्तोसुकै काममा पनि आफहरु अघि बढेर सम्पन्न गर्न सकिने बताउनुभयो । केही वर्ष यता महिलाहरुको स्वास्थ्य अवस्थामा पनि सुधार आएको समूहकी सदस्य सावित्रि ढकालले बताउनुभयो । कार्यक्रम संचालन पश्चात गाउँका महिलाहरुमा आफ्नो अघिकारको बारेमा जानकार भएकोले पीडामा परेका महिलाहरु न्यायालयसम्म जान सक्ने भएको स्थानीय सावित्रि ढकालले
बताउनुभयो । केही वर्ष यता महिला हिंसाका घटनामा संलग्न ७ जना ब्यतिmहरुलाई कारबाही गरिसकेको ढकालले जानकारी दिनुभयो । अनुगमन कार्यक्रममा युएमएन धादिङका श्याम ओझा, नेपाली काङ्ग्रेस धादिङका उपसभापति
नन्दप्रसाद रिजाल, नेकपा माओवादीका चिपि तामाङ, जिल्ला पशुसेवा कार्यालयका प्रमुख देवेन्द्र भगत लगायतको सहभागिता रहेको थियो । अनुगमनपछि नारी जागरण केन्द्रले आफुले संचालन गरेको विभिन्न कार्यक्रमहरुको उपलब्धीको बारेमा जानकारी गराएको छ । केन्द्रले संचालन गरेको मानव बेचविखन विरुद्ध सचेतिकरण कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम, महिलाका न्यायमा पहुँच लगायतका कार्यक्रमको उपलब्धीका बारेमा जानकारी गराएको हो ।