आ.व.२०६९/०७० को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना

941 पटक पढिएको

सम्पादक: Dhadingnews.com

प्रेस काउन्सिल नेपाल
पत्रपत्रिका वितरण सम्परीक्षण समिति
सञ्चारग्राम, तिलगंगा, काठमाडौं
पो.व.नं.-३०७७
फोन : ४११२६७८, ४११२७९९, फ्याक्स नंं. ४११२६९४
इमेल : [email protected]

आ.व.२०६९/०७० को पत्रपत्रिका वितरण सम्परीक्षण आवेदन फर्म भर्ने सूचना

प्रथमपटक प्रकाशित मिति २०७०।०६।०९

 प्रेस काउन्सिल ऐन, २०४८ को दफा ११ तथा परिमार्जित पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६(आ.ब. २०६९/७० देखि लागु हुने) को अनुसूची–१–८ बमोजिम तथा छापाखाना र प्रकाशन सम्वन्धी नियमावली,२०४९ को दफा ३ बमोजिम प्रकाशनको स्थायी प्रमाण पत्र लिएका पत्रपत्रिकाका प्रकाशकले पत्रपत्रिका बर्गिकरण प्रकृयामा समाबेश गराउन चाहेमा आ–आफ्नो प्रकाशनको बिक्री वितरण सम्बन्धी विवरण भरी पत्रिका मूल्यांकन एवंवर्गीकरण प्रयोजनका लागि समितिबाट तोकिएको ढाँचामा देहायअनुसारको शर्त पूरा गरीफारम भरी काउन्सिलमा दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

(क)       वर्गीकरण मूल्यांकन प्रक्रियामा समावेश हुने प्रकाशकले २०६९ साउनदेखि २०७० असार मसान्तसम्म छापाखाना र प्रकाशनसम्बन्धि नियमावली, २०४९ को नियम ७ (२) अनुसार (दैनिक समाचारपत्र ३०० अंक, अर्ध–साप्ताहिक समाचारपत्र ८० अंक, साप्ताहिक समाचारपत्र ४० अंक, पाक्षिक समाचारपत्र २० अंक, मासिक पत्रिका १० अंक र द्धैमासिक एवं त्रैमासिक पत्रिका ४ अंक, न्यूनतम) प्रकाशित भएको हाजिर रेकर्ड प्रेस काउन्सिल नेपाल र संचार केन्द्रको अभिलेखमा दर्ता भएको काउन्सिलबाट प्रमाणित गराई समावेश गर्नुपर्नेछ ।

(ख)       प्रेस काउन्सिल नेपालको अभिलेखमा नियमित नभएका प्रकाशनहरुलाई वर्गीकरण मूल्यांकन प्रक्रियामा समावेश गरिने  छैन । आफ्नो प्रकाशन अभिलेख नियमित गराउने दायित्व सम्बन्धित प्रकाशकको हुनेछ ।

(ग)        वर्गीकरण प्रक्रियामा समावेश हुन चाहने प्रकाशनले आवेदनपत्र साथ राष्ट्रिय तहका लागि रु ३,०००।– (तीन हजार), क्षेत्रीय तहको लागि रु १५००।– (एक हजार पाँच सय), स्थानीय तहका लागि रु १०००।– (एक हजार) आवेदन दस्तुर र बर्गिकरण फाराम शुल्क रु. ५०/- (पचास) बुझाउनुपर्नेछ । वर्गीकरण पछि प्रमाणपत्र लिंदा शुल्क बुझाउनुपर्नेछैन । आवेदन दस्तुर नगद वा नेपाल राष्ट्र बैंक, थापाथलीमा रहेको काउन्सिलको खाता नं. बै. अ. १२०६१३४००१०००५२४ मा जम्मा हुने गरी बैंक ड्राफ्टबाट पनि पठाउन सकिनेछ ।

(घ)         पत्रिका वर्गीकरणको आवेदन फारम बुझाउने समयावधि २०७० मंसिर मसान्तसम्म रहेको छ । दोब्बर दस्तुर बुझाई थप ७ दिनभित्र काउन्सिलमा आवेदन दर्ता गराउन सकिनेछ ।

(ङ)          तोकिएको म्याद नाघेर प्राप्त हुन आएको आवेदन फारमलाई वर्गीकरणमा समावेश गरिनेछैन ।

(च)          परिमार्जित पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६ (आ.ब. २०६९/०७० देखि लागु हुने) अनुसार महिला, दलित, अपांग, दुर्गम क्षेत्र तथा भाषागत सुविधाका लागि मापदण्ड अनुसारको प्रमाण फारमसाथ समावेश गर्नुपर्नेछ ।

(छ)          राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहको विभिन्न वर्गमा वर्गीकृत हुन आवश्यक आधारहरु (जस्तै:– तोकिएको जिल्ला, गा.बि.स. र सो अन्तर्गतका विभिन्न बिक्रीकेन्द्रहरुको स्पष्ट नाम, ठेगाना, सम्पर्क नम्बर खुलाउनु पर्ने छ। आबेदन फाराममा उल्लेखित जिल्ला, गा.बि.स. र सो अन्तरगतका बिक्रि केन्द्रको स्पष्ट नाम, ठेगाना र सम्पर्क नम्बर नखुलाउने आबेदन फारामलाई बर्गिकरणमा समाबेश गर्न समिति बाध्य हुने छैन। साथै यस्ता बिक्रि केन्द्रहरुबाट बिक्री वितरण भएको प्रमाण, श्रमजीवी ऐन कार्यान्वयन भएको प्रमाण स्वरुप पत्रकार एवं अन्य कर्मचारीको तलव खुल्ने नियुक्ति पत्र, कागज खरिदको बील, प्रेसलाई छपाई वापत भुक्तानी गरेको बील आदि) आवेदन फाराम साथ अनिवार्य रुपमा संलग्न गरेको हुनु पर्नेछ ।

विशेष आग्रह

आ.व. २०६९/०७० मा नियमित प्रकाशित पत्रपत्रिकाको वर्गीकरण गर्दा परिमार्जित पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड २०६६(आ.ब. २०६९/०७० देखि लागु हुने) बमोजिम मूल्यांकन गरिने हुँदा मापदण्ड तथा अनुसूचीहरुको अध्ययन गरी वर्गीकरण फारम भर्न सम्बन्धित प्रकाशकलाई अनुरोध गरिएको छ । मापदण्डका सन्दर्भमा केही नबुझिने वा स्पष्ट नभएमा प्रेस काउन्सिल सचिवालयमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

(नोट: वितरण सम्परीक्षण फारम र परिमार्जित पत्रपत्रिका वर्गीकरण मापदण्ड काउन्सिलको वेबसाईट www.presscouncilnepal.org बाट download गर्न सकिनेछ । आवेदन फारम प्रेस काउन्सिल सचिवालयबाट पनि तोकिएको शुल्क बुझाई प्राप्त गर्न सकिनेछ । पत्रिका मूल्यांकनका लागि पत्रिका प्रकाशकहरुले मूल्यांकन गर्ने आर्थिक वर्षको १ सेट पत्रिका अनिबार्य रुपमा आबेदनसंगै बितरण संपरीक्षण शाखामा उपलव्ध गराईदिनु हुन समेत सूचित गरिन्छ ।