लुक्ला विमानस्थलमा हेलिकोप्टर दुर्घटना

627 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, १० असोज / लुक्ला विमानस्थलमा आज बिहान एउटा हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको एयर डाइनेस्टीको ९ एन इएक्स  हेलिकोप्टर अवतरणका क्रममा विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएर ओगो लागेको थियो।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा  यात्रु दावा ग्याल्जेन शेर्पा गम्भीर घाइते भएका छन्। हेलिकोप्टरमा चालक दल सहित ५ जना थिए। हेलिकप्टरमा भएका क्याप्टेन अरुण मल्ल  र लाक्पा शेर्पा र उनकी पत्नी अनिता शेर्पा सामान्य घाइते भएको  ओएनस न्युज डट कम ले जनाएको छ् ।