राजमार्गका होटलमा तीव्र अनुगमन

687 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । चाडवाड सुरु भएसंगै रागमार्जका होटलहरुले यात्रु गग्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तीव्र पारेको छ । राजमार्ग क्षेत्रमा यात्रुलाई लक्षित गरि सञ्चालन गरिएका होटलहरुले यात्रुलाई सढेगलेका खाना खुहाएर महंगो शुल्क असुलिरहेको गुनासो आएपछि अनुगमनलाई तिव्रता दिइएको हो । पृथ्वी राजमार्गको गल्छीदेखि नौविसेसम्मका होटलहरुमा दैनिक ३० वटा भन्दा धेरै बाख्री काटेर मासु ढुवानी हुने गरेको अनुगमनबाट खुल्न आएको छ । अनुगमानको क्रममा सरसफाई, होटल मजदुर र सञ्चालकको आचारणमा केही सुधार आए पनि गुणस्तर, मूल्य सञ्चालककै मनोमानी रहेको भेटिएको छ । होटल संचालकहरुले बसौ देखि खसीको मासु भनेर बाख्रीको मासु बेच्ने गरेको भेटिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं् निरिक्षण अधिकृत पुष्पराज पौडेलले भने, ‘भोकले लखतरान परेका यात्रुलाई खाना खाजा खुवाएर पुण्य कमाउने नाममा होटल संचालकहरुले लक्ष्मी कमाउने जाल गरिरहेका रहेछन् ।’
गोरखा ताकुका शुसिल वरामले गत शनिवार न्यू राजधानी होटलमा १ सय २० रुपियां तिरेर सादा खाना खाँदा साङ्ला खाएको उजुरी टेलिफोन मार्फत सहायक प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएका थिए । सोही उजुरीका आधारमा होटल अनुगमन गर्दा पकाएको मासुमा बाख्रीको मासु मिसाइएको फेला परेको पौलेलले बताए । जानकारहरुका अनुसार खसीको मासु पकाउंदा छाला दोब्रिदैन र बाख्रीको मासु पकाउंदा छाला दोब्रिने हुन्छ ।
सुपा देउराली रेष्टुरेष्ट एण्ड भोजनालय र न्यूहरियाली होटल धार्केमा समेट बाख्रीको मासु मिसाउको भेटिएको छ । सुपा देउरालीका सञ्चालक किशोर रानाले बाख्रीकै मासु बेचेको स्वीकार गरेका छन् । न्यू हरियालीका सञ्चालकले मासु ल्याउने पसल नै अर्कै बताए ।
अनुगमनको क्रममा बर्साैदेखि राजमार्ग होटलहरुमा मासु आपूर्ति गर्दै आएको नौविसेस्थित चालिसेका दमैसिङ तितुङको बधशाला र खोरमा बसेको ठांउबाट उठ्न नसक्ने ४ बाट बृद्ध बाख्रीहरु भेटिएको थियो । मियांले आफ्नै समुदायका लागि मात्र बेच्ने गरेको र होटलमा मासु नबेचेको भनेर उम्किएका थिए । अघिल्लो वर्ष वेनिघाटको बांदरे पुलमा राजु मियांले बाख्री बध गरिरेहेको ठांउको छापा मारेको थियो ।
बाख्रीको मासुलाई खसिको भनि बेच्ने दमैसिङ तितुङ, न्यू राजधानी होटल सञ्चालक राजकुमार सुनुवार, न्यू हरियाली होटलका सञ्चालक राजन भुजेल र सुपा देउरालीका किशोर रानालाई समेत जिल्ला प्रशासनमा हाजिर हुन पुर्जी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरु फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङ र पत्रकार सहितको अनुगमन टोलीले धार्के स्थित राजु मेडिकल हल र रुपक खतिवडा प्रोपाइटर रहि साढे २ वर्ष अघिबाट महादेववेशी हस्पिटल प्रा लि ले हस्पिटल सञ्चालन अनुमति नलिई सञ्चालन गरेकोले ७ दिन भित्र हस्पिटल सञ्चालन अनुमति सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको कमाण्डर पोस्ट दैनिकको अनलाइन सस्करण कमाण्डर पोस्ट डट कममा समाचार छ ।