विद्यालयमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

625 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुलपानी/धादिङ्को मुलपानी गाउँ विकास समिति वडा न. ८ मा रहेको  महेन्द्रोदय उच्च माध्यमिक विद्यालयमा शुक्रबार  विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगतामा विद्यालय व्यावस्थापन समितिका सदस्यहरु जगदिश अधिकारी, कोपिला अधिकारी लगायत शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।                             सो अवसरमा कक्षा १,२ र ३ कक्षाको विद्यार्थीहरुबीच गणितीय दौड, कक्षा ४ र ५ का विद्यार्थीहरु बीच अंग्रेजी हिज्ये प्रतियोगिता, कक्षा ६,७ र ८ का विद्यार्थीहरु बीच हाजिरी जवाफ प्रतियोगिता र कक्षा ९ देखी १२ कक्षाका विद्यार्थीहरु बीच बादविवाद प्रतियोगिता सम्पन्न भएको विद्यालय स्रोतले जानकारी दिएको छ । विज्ञान अभिषाप नभई वरदान हो भन्ने विषयमा सम्पन्न भएको वादविवाद प्रतियोगितामा दिनेश बानिया प्रथम, राजन वानिया द्धितिय, सिवानी अधिकारी तृतीय र विनिता अधिकारी सान्त्वना भएका छन् । विभिन्न प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीबाट पुरस्कृत गरिएको विद्यालयका शिक्षक उद्धव सापकोटाले जानकारी दिनुभएकोछ ।