दशै तिहार आएपछि पसलमा मुल्य सुचि राख्न प्रशासनको आग्रह

925 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ/कुनै पनि पसल तथा अन्य व्यापारिक केन्द्रले उपभोक्तालाई विक्री गर्ने सामानहरुको अनिवार्य मुल्य सूची राख्नुपर्ने प्रावधान रहेको छ ।  स्थानीय प्रशासनले बर्षभरी त्यस कार्यमा खासै चासो नराखेपनि दशै तिहारका वेलामा भने पसलमा अनिवार्य मुल्य सूचि राख्न बर्षेनी व्यवसायीहरुलाई निर्देशन दिने गर्दछ ।

          साथै दशै तिहारका वेला वजारमा सामानहरुको अभाव हुन नदिन व्यवसायीहरुलाई कडा निर्देशन दिने गर्दछ ।  अन्य बेलामा भन्दा दशै तिहार,छट पर्वका वेलमा वजारमा उपभोक्ताको भिड बढ्न जाने भन्दै धादिङको स्थानीय प्रशासनले यस बर्ष पनि जिल्लाका व्यापारीहरुलाई पसलमा अनिवार्य मूल्यसूचि टांस गर्न आग्रह गरेको छ ।  शुक्रवार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले ‘विरालाकोे घांटी बांधेर श्राद्ध गर्ने’ परम्परालाई निन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकमा धादिङ उद्योग वाणिज्य संघ,उपभोक्ता मञ्च नेपाल,उपभोक्ता हित संरक्षण मञ्चका विभिन्न सरकारी निकायका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको बताईएको छ ।  बैठकले वजार अनुगमनलाई निरन्रता दिने,वजारमान खाद्य तथा आवश्यक सामाग्रीको अभाव हुन नदिने, जिल्लाका ग्रामीण भेगहरुमा सहजरुपमा यातायात सेवा सञ्चालन हुनुपर्ने बिषयमा सरोकारवालाहरुको ध्यानकर्षण गराएको एक सहभागीले वताएका छन ।