सहारा महिला सहकारीको साधारण सभा आमसभाको झझल्को

592 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१२ असोज ः चउर भरी महिलाहरुको भिड ,झट्ट हेर्दा कुनै दलको आम सभा जस्तो देखिएपनि कार्यक्रम सहारा महिला बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाको थियो । सहभागीलाई बस्न वनाईएकोस्थल भरिएपछि महिलाहरु चउर भरी छरिएर बस्नु परेको थियो । DSC01272 DSC05130धादिङ जिल्लामा सबैभन्दा धेरै महिलाहरु आवद्ध रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चौधौं साधारण सभा शनिवार धादिङबेसीमा सम्पन्न गरेको छ । २०५६ सालमा स्थापना भएको सहकारीले शनिवार आफ्नो चौधौं वार्षिक साधारण सभा मनाईरहंदा संस्थामा आवद्ध शेयर सदस्यहरुको संख्या १८ सय ५० र वाल बचत सदस्य ४ सय ८५ जना पुगेको छ । स्थापना कालमा सहकारीमा जम्मा ३९ जना महिलाहरु आवद्ध रहेको संस्थाका अध्यक्ष पार्वती खांडले वताउनुभयो ।
महिला शशक्तिकरण र आर्थिक सामाजिक उत्थान,सहारा महिलाको अभियान भन्ने आदर्शका साथ संचालनमा रहेको जिल्लाकै सबैभन्दा धेरै महिला शेयर सदस्य रहेको सहकारी संस्थाको शेयर पुंजी, ४६ लाख ५८ हजार ७ सय,बचत ३ करोड २६ हजार १ सय १० गरी कुल पुंजी ५ करोड २८ लाख २० हजार ९ सय ७७ रुपैया ४७ पुगेको सस्थाले जनाएको छ ।
गत आर्थिक बर्षमा सहकारीको खुद आम्दानी ५३ लाख ८२ हजार ३ सय ७७ रुपैया ८८ पैसा भएकोमा भौतिक खर्च ४७ लाख १९ हजार २ सय १० रुपैया ६१ पैसा भएको र सबै खर्च कटाई संस्थाले ६लाख ६३ हजार १ सय ६७ रुपैया २७ पैसा खुद नाफा भएको कार्यक्रममा वताईएको थियो ।

संस्थाले विपन्न महिलाहरुलाई शेयर सदस्य वनाएर नियमित बचत गर्न अभिप्रेरित गराउनुका साथै साना लगानीमा हुने उद्यम व्यवसायका लागि ऋण,क्षमता विकास शशक्तिकरणका लागि सहयोग गर्दै आईरहेको अध्यक्ष खांडले बताईन । सहकारीको साधारण सभाको उदघाटन प्रधानमन्त्रीको कार्यालयका सचिव कृष्णहरी बांस्कोटाले गरेका थिए । कार्यक्रम उदघाटन हुन नभ्याउंदै एक्कासी पानी परेपछि कार्यक्रम विथोलिन पुगेको थियो ।