बाल मैत्री बिद्यालय सम्बन्धि कार्यशाला

1508 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गजुरी/बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको क्षमता विकास सम्बन्धि २ दिने कार्यशाला सोमबार सम्पन्न भएको छ ।

    आईतबारबाट गजुरीमा भएको कार्यशालामा बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत पिडा र महादेवस्थान गाविसका ९ बिद्यालयहरुका पदाधिकारी र प्रधानाध्यपक सहित २९ सहभागीतामा रहेको थियो । य.एम.एन र प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले कार्यशालामा संचालन गरेको हो । बिद्यालय व्यवस्थापन समितिको काम कर्तव्य,अधिकार र दायित्व,बाल मैत्री बिद्यालयका सूचकहरु,बिद्यालयमा शिक्षक अभिभावकको भूमिका र दायित्व लयागतका बिषयमा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति बसन्तराज सिलवाल,प्रयास नेपाल धादिङका सपचव उषा बि.क गूएमएनका सिनियर कार्यक्रम अधिकृत प्रेम सिंतानले सहजिकरण गर्नु भएको कार्यक्रम संयोजक संञ्जिव कुमार राईले जानकारी दिनु भयो ।
प्रयास नेपाल धादिङले पिडा र महादेवस्थान गाविसका ३४ बिद्यालयहरुका बाल मैत्री बिद्यालय व्यवस्थापन,बिद्यालयमा समग्र सिकाई उपलब्धी बृद्धि गर्न बिद्यालयहरुलाई सहयोग गर्दै आएको संथाका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । कार्यशालाले बिद्यालयमा बिद्यालय व्इवस्थापन समिति र शिक्षक अभिभावक संघको काम कर्तव्य र दायित्व तथा बिद्यालयको समग्र विकासमा अभिभावकहरुको भूमिकाको बारेमा स्पष्ट भएको सहभागी बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाई रहेको छ ।