साङकोषका किसानहरु कोदी बाली छोडेर धान खेती तर्फ आकर्षित

665 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बाबुराम श्रेष्ठ

धादिङ २२ असोज  /धादिङ जिल्लाको साङकोष गाउँ विकास समिति वडा नं ३ का किसानहरुले बारीमा लगाउर्दै आईरहेको कोदो खेती लगाउन छाडेर अहिले धान खेती तर्फ आकर्षित भएका छन् ।

कोदोबाली लगाउँदा बढी खर्च र बढी मिहनत गर्नु पर्ने भएकोले साङकोषका अधिकांंश किसानहरुले अहिले कोदो खेती लगाउन छाडी धान खेती गर्न थालेको स्थानीय बासिन्दा राधा राउतले बताउनु भयो । कोदी खेती गर्दा पटक पटक गोडमेल गर्नु पर्नेे र श्रमिकहरुको ज्याला अत्याधिक रुपमा महंगो हुनुका साथै उत्पादनमा समेत कमी हुनुका साथै लागनी समेत नउठ्ने भए पछि साङकोषका किसानहरु धान खेती तर्फ आकर्षित भएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ । १ रोपनी जग्गामा बढीमा २ मुरी कोदो फल्छ भने सोही जग्गामा धान खेती गर्दा न्युनतममा पनि ४ मुरी धान फल्ने गरेको उनीहरुको भनाई रहेको छ ।

कोदो खेती गर्दा आफ्नो परिवार पाल्न धौ धौ पर्ने राउतको परिवारमा धान खेती गर्न थोले पछि परिवार लगायत केही रकम बचत गर्न गरेको उहाँले बताउनु भयो ।