कृषि सञ्चार समन्वय समितिको गठन

545 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,७ कात्तिक ः जिल्ला कृषि विकास कार्यालय धादिङले सूचना तथा सञ्चार कार्यक्रमलाई प्रभावकारी तथा बढी उपयोग बनाउने उद्धेश्यका साथ सिमित संचार सस्थालाई मात्र सहभागी गराई  कृषि सञ्चार समन्वय समितिको गठन गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टको संयोजकत्वमा बसेको बैठकले ११ सदस्यीय कृषि सञ्चार समन्वय समितिको गठन गरिएको हो । जसमा जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट, रामहरी सोती, चक्रपाणी पन्थी, जिल्ला पशुसेवा कार्यालय धादिङका पशु अधिकृत देबेन्द्र भगत, प्रजनन् पिडि बिज कोया स्रोत केन्दका जिबछ मण्डल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम प्रसाद बर्मा, दिव्यदर्शन टेलिभिजनका प्रबन्धक निर्देशक पोषनाथ अधिकारी, रेडियो लोकतन्त्रका प्रतिनिधि, रेडियो राजमार्गका प्रतिनिधि, रेडियो बिहानीका प्रतिनिधि, रेडियो धादिङका प्रतिनिधिहरुको सहभागिता रहेका थियो ।जिल्ला कृषि बिकास कार्यालयले जिल्ला स्तरिय समिती गठन गरेको भनिएपनी कृषिकै क्षेत्रमा काम गरिरहेका रेडियो र अन्य संचार माध्यमलाई भने बाहिर राखेर  सदरमुकामका सिमित संचार माध्यमलाई मात्र समितीमा राखिएको छ ।