धुम्रपानले नपुंसक बनाउन सक्छ

531 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धुम्रपानले नपुंसक बनाउन सक्छ

 

चुरोट खाँदा कुनै कुनै महिलाको अगाडि तपाईं बढी आकर्षक त देखिन सक्नुहुन्छ, तर यो बानीले भने तपाईको स्वास्थ्यमा खतरनाक असर पारिरहेको हुन्छ । यतिसम्म कि, धुम्रपानले नपुंसक समेत बनाउन सक्छ ।

चीनको राजधानी बेइजिङ्मा विश्व स्वास्थ्य संगठन, तमाखु, स्वास्थ्य सहयोग केन्द्रका निर्देशक वांग चेनका अनुसार धुम्रपान यौन सम्बन्धी समस्याको कारण बन्न सक्छ । तर, यो सम्बन्धको बारेमा अमेरिका र युरोपको दाँजोमा चीनमा बढी चर्चा नभएको हो ।

वांगले तमाखु नियन्त्रण कार्यशालामा भने, ‘हामीलाई यसबारे बढी कुरा गर्नुपर्छ र ठोस वैज्ञानिक तथ्यांकसँग दाबीको समर्थन गर्नुपर्छ ।’ गत वर्ष १५ देखि ६० वर्षका १२ हजार ७ सय ४३ चीनका पुरुषमाथि गरिएको सर्वेक्षणमा पाइयो कि १७.१ प्रतिशत पुरुष नपुंसक थिए । वांगका अनुसार धूमपानले मोटोपना, मुधुमेह लगायत अन्य थुप्रै रोगको खतरा   हुन्छ । सन् २००७ मा एउटा अन्य अध्ययनमा भनिए अनुसार धूमपान गर्नेहरको नपुंसक हुने सम्भावना धूमपान नगर्नेहरुको दाँजोमा १.४१ गुणा बढी हुन्छ ।

एजेन्सीको सहयोगमा