मलेखु रसुवा सडकखण्डलाई मुर्त रुप दिएर कालोपत्रे गर्ने ः पाण्डे

675 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नारायणगढ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुरेन्द्र पाण्डेले भण्डारा मलेखु सडकखण्डलाई चाढै पूरा गरेर कालोपत्रे गर्नको लागि एमालेले पहल गरेको बताएका छन् । संविधान सभा निर्वाचनको प्रचारका क्रममा लोथर गाविसको यौरालीटारमा वुधबार आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले आफू अर्थमन्त्री भएको समयमा सो सडक खण्ड निर्माणलाई प्राथमिकता दिएकाले यसको मुर्त रुप दिन पनि एमालेले गर्ने दावी गरे । राजधानी काठमाण्डौ संगै रसुवा मार्गलाई सवै भन्दा छोटो सडकखण्डका रुपमा विकास गर्न यसको पूर्णता आवश्यक रहेको बताए । पहाडी गाविसमा भएको सभामा एकहजार भन्दा वढी स्थानीय सहभागी भएको कार्यक्रममा उनले संविधान सभाको निर्वाचनमा आफूलाई विजयी गराएर एमालेको सरकार भए भण्डारा मलेखु सडकखण्डलाई कालोपत्रे गर्ने प्रतिवद्धता समेत व्यक्त गरे download। उनले भने “मध्य भागबाट सिधा राजमार्ग राजधानी जोड्न आवश्यक छ, यो मार्ग सवै भन्दा उपयुक्त छ, बाटो निर्माण पश्चात स्थानीयको जीवन स्तर उकासिनेछ ।” भण्डारा मलेखु सडक खण्ड अन्र्तगत केही किलोमिटर सडक निर्माण भइ हलुका सवारी साधन अहिले सञ्चालनमा रहेको छ । त्यही बाटोलाई चौढा वनाएर मलेखु जोडेमा पहाडी क्षेत्रमा वसेका आदिवासी जनजाति, पछाडि पारिएका चेपाङहरुको जीवन स्तर उकासिन ठूलो मद्दत पुग्ने नेता पाण्डेले बताए । निर्वाचन क्षेत्र नं. १ का एमाले पार्टीका उमेद्वार समेत रहेका उनले सडक निर्माण पश्चात सो क्षेत्रमा उव्जनी भएका कृषि उपज बजारसम्म जाने र स्थानीयको आर्थिक अवस्था सुधार हुने बताए । एमालेको वहुमतको सरकार आएमा गिठ्ठा भ्याकुर खाएर जीवन गुजारा गर्दै आएका चेपाङ समुदायको अवस्था सुधार गरी सधै चामलको भात खाने अवस्थामा ल्याउने दावी गरे । आफै व्यवसायिक खेती तथा व्यवसाय गरेर आम्दानी गर्न सक्ने अवस्थामा चेपाङ समुदायलाई पु¥याउन एमाले सक्षम भएको बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादी, नेपाली काग्रेस, राप्रपालगायतका पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई पाण्डेले टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य हरि सापकोटा, राष्ट्रिय प्रतिनिधि परिसद सदस्य दावा लामा, जिल्ला सचिवालय सदस्य इमानसिंह लामालगायतले मन्तव्य राखेका थिए । एमाले प्रावेश गरेका दिलवहादुर मोक्तान सहित केही व्यक्तिहरुले देश निर्माण र जनताको पक्षमा एमालेले काम गर्ने भएकाले अवको दिनमा एमालेको नीतिलाई आत्मसाथ गर्दै अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।