जिल्लाको २ सय ३३ वटा विद्यालयका बालबालिकाहरु विद्यालय बाहिर नभएको दाबी

455 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/धादिङ जिल्लाको २ सय ३३ वटा विद्यालयहरुका बालबालिकाहरु विद्यालय बाहिरनभएको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बताउनु भयो । आसमान नेपाल धादिङले जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुवेदीले धादिङ जिल्लाको शिक्षा क्षेत्रमा निकै सुधार भएकोले अझै यस क्षेत्रलाई माथि उकास्न सबै संघ÷संस्थाहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा स्त्रीशक्ति नेपाल, आसमान नेपाल र भि.एस. व. नेपाल धादिङका उषा अमगाई, प्रतिमान श्रेष्ठ, राजकुमार श्रेष्ठ ले संस्थाले गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा प्रतिवेदन पस्तुत गरिएको थियो ।
जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा ,जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, भि.एस.व. नेपालका राजकुमार श्रेष्ठ, आसमान नेपाल धादिङका प्रज्ज्वल कुमार दाहाल, नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम प्रसाद बर्मा, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, संघ÷संस्थाका प्रतिनिधिहरु, १६ वटा विद्यालयका प्रधानाध्यापकहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।