नेपाली ट्रेकिङले पायो अन्तर्राष्ट्रिय पुरस्कार

598 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ /ट्रेकिङबाट कमाएको केही नाफालाई सामाजिक कल्याणमा लगानी गरेर उदाहरणीय काम गर्दै आएको माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसनले एसियाभरीबाट रेस्पोन्सिबल टुरिज्म इन्स्पाइरिङ स्टोरिज फ्रम डेस्टिनेसन कम्पीटिसनमा जित हासिल गरेको छ । mountain_delightएसियाभरका टुरिज्म कम्पनी मध्येबाट गरिएको एक्सपिडिसनमा ३ कम्पनी टप थ्री विनर्समा पर्न सफल भएको माउन्टेन डिलाइट्सका प्रबन्ध निर्देशक कमल सापकोटाले बताए ।
kamalआइटिबी एसियामा एसिया भरीबाट गरिएको प्रतिस्पर्धामा एसियाका ३ वटा कम्पनीहरुलाई उत्कृष्ट तीन विजेताको घोषणा गरिएको थियो । उत्कृष्ठ तीन बिजेतामा नेपालको माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसन, थाइल्याण्डको द फ्यामिली ट्रिम र श्रीलंकाको रेनफोरेस्ट रहेका छन् । सिंगापुरमा भइरहेको आइटिबी एसिया २०१३ टुरिज्म फेअरमा उक्त घोषणा भएको थियो । ३ बिजेता कम्पतीले २ वटा फ्रि स्टलका साथै उत्तरदायित्व पर्यटनको वेभसाइटमा उक्त ३ विजेताको स्टोरी राखिने भएको छ । धादिङको ज्यामरुङमा जन्मिएका सापकोटा र उनको टे«किङ कम्पनी यसअघि आशा सामाजिक उद्यमशीलता अवार्डबाट पुरस्कृत भइसक्नुभएको छ । सापकोटाको टे«किङ व्यावसायसँगै सामाजिक कामका लागि टुकी नेपाल नामक संस्था पनि कार्यरत छ । उक्त संस्थाले ग्रामिण विद्युतीकरण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग, उद्यमशीलता विकास लगायतका गतिविधिहरु पनि अगाडि बढाइरहेको छ ।