१५ सय ६२ निर्वाचन केन्द्र अति संवेदनशील:

571 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाण्डौं /सरकारले मुलुकभरका १ हजार ५ सय ६२ मतदान स्थल अति संवेदनशील रहेको विश्लेषण गरेको छ । त्यस्तै ३ हजार ८ सय ५० मदतालन केन्द्र संवेदनशीलमा राखेको छ । निर्वाचन आयोगका अनुसार १० हजार १३ मतदान स्थल रहेको छ । गृह मन्त्रालयले सुरक्षा व्यवस्थापन चुस्त बनाउन मतदान स्थलको वर्गीकरण गरेको हो ।

image.php
चुनाव विरोधी समूहको गतिविधि, भौगोलिक विकटता र मतदाता संख्याको आधारमा मतदान स्थल वर्गीकरण गरेको हो । त्यसमा काठमाण्डौं र ललितपुरको चार मदतान स्थल अति संवेदनशील रहेको निष्कर्ष निकालेको छ । त्यसमा काठमाण्डौंमा १ र ललितपुरमा ३ वटा रहेको कान्तिपुर दैनिकमा खबर छ । काठमाण्डौं, भक्तपुर र ललितपुरमा संवेदनशीलमा १ सय २१ मतदान केन्द्र रहेको छ । त्यसमध्ये काठमाण्डौंमा ५८, ललितपुरमा ३१ र भक्तपुरमा ३२ मतदान केन्द्र रहेको छ ।