अचम्मको प्रेम कथा

1114 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

बिहानी पख ओछयानमा सुती रहेको रमेशको मोबाईलमा दुई पटक घण्टी बज्छ । अनि उसको निन्द्रा खुल्छ । कुन चै रैछ बिहान बिहानै मिसकल गर्ने । उ नम्बर हेर्न थाल्छ नम्बर नयाँ थियो । कसैलाई   एमेरजेन्सी परेर मिसकल गरया हो की रिडायल गर्छ । उताबाट फोन रिसिभ गर्छ ।
हेलो…केटीको आवाज सुनिन्छ । एकछिन छक्क पर्छ ।
रमेशः यो नम्बरबाट मिसकल आएको थियो । त्यही भएर कल गरेको…हजुर को बोल्नु भएको ।
उताबाट जवाफ आउछः म निशा बोलेको….चिन्नु भएन हजुरले । रमेश फेरी एक पटक टोलाउछ ।
रमेशः को निशा…मैले चिनिन नि ।
निशाः हजुर पनि कस्तो कुरा गर्नु हुन्छ…चिनेर पनि नचिने झैं ।
रमेशः ल ल चिने भन्दै रमेशले फोन राख्छ । अनि गुन गुनाउछ….एक त निन्द्रा खराब साथमा दिमाग पनि खराब ।

भोली फेरी त्यही समयमा मिसकल हैन फोनै गर्छे निशाले । रमेशले कल रिसिभ गर्छ ।
रमेशः हेलो….
निशाः गुड मर्निङ्ग…।
रमेशः गुड मर्निङ्ग….को बोल्नु भएको होला ।
निशाः म निशा बोले कि ।
रमेश फेरी झस्कन्छ ।

यसरी बित्दै जान्छ । त्यस पछिका दिनहरुमा दुई तर्फि फोन कल चल्न थाल्छ । एकले अर्काको बारेमा सोधी खोजी गर्छन । उनले अविवाहित भएको भन्छिन । यता रमेश पनि अविवाहित थियो । बिस्तारै यिनीहरुको माया पिरती बस्छ । फोन कल मै झण्डै एक बर्ष बित्यो पत्तै भएन रमेशलाई । रातको निन्द्रा पनि विस्तारै खोसिदै थियो रमेशको । माया पनि अचम्मको हुँदा रैछन । त्यसैले त भन्छनः मायाको कुनै रंग रुप हुदैन । कहा कति खेर कोसंग बस्छ । थाहै हुन्न ।

निशाको फोन आउछ ।
रमेशः हेलो निशा म तिम्रै फोन कलको प्रतिक्षा थिए । बल्ल मन ढुक्क भएर आयो । निशा तिम्रो बोली सुन्न नपाउदा म पानी बिनाको माछा झैं छटपटिने गर्छु । प्लीज फोन गर्दै गर्नु माया नमार्नु है निशा । रमेश एकहोरो बोली रहेको थियो । उताबाट निशा हेलो हेलो भन्दै थिए । एकोहोरो मायाको अघि कस्को के लाग्दो रैछ र । अनि रमेश झस्कन्छ । आफूलाई सम्हाल्न पुग्छ । म कस्तो पागल भएको है निशा । तिमीलाई बोल्नै मौका दिईन है । केही बोल निशा….रमेश आग्रह गर्छन ।
निशाः मेरो पनि त हजुरको जस्तै हाल छ नि…हजुरले भन्न पर्छ र ।

फोन लव चलेको पनि अर्को बर्ष पनि थाहै नपाई बितेछ तिनिहरुको । भेट नभएर फोनको भरमा माया पिरती बसेको अचम्म लाग्दो छ । एक अर्का बिना बाँच्नै नसकिने अवस्थामा पुगेका ती युगल जोडी समय र परिस्थितीले गर्दा भेट हुन सकेको थिएन ।
धेरै दिन भो निशाले फोन नगरेको । उ तडपि रहेको थियो । अनि आफैं फोन लगाउछ ।
रमेशः हेलो….केटाको आवाज सुनिन्छ ।
रमेशः निशालाई फोन दिन सकिन्छ ।
उताबाट एक्कासी जवाफ आउछः को बोलेको..।
रमेशः म निशाको साथी..अनि हजुर …..रमेश बिनम्र पुर्वक सोध्दै थियो ।
….म निशाको श्रीमान् बोलेको…
रमेशः मजाक नगर्नुसन हजुर…प्लीज निशालाई फोन दिउन ।
….म निशाको श्रीमान् भनेको सुन्दैन ।
यसरी भना भनमा धम्कीका भाषाहरु प्रयोग हुन थाल्छ । एकले अर्कोलाई च्यालेन्ज दिन्छ । माया पिरतीबाट शुरु भएको कहानी आज एक अर्कालाई सिध्याउने सम्म पुग्छ ।

यता मायामा घात भएको रनामा बौलाएको रमेशले के गर्लान स्थितीले मोडहरु बदल्दै थियो । केही दिन पछि निशाको श्रीमानले आफुबाट गल्ती भएको हुनाले माफीको लागी रमेशलाई आग्रह गर्दै थिए । तर रिस उठेको रमेशले निशालाईसंगै लिएर आए माफी दिने शर्त तेर्साउछ । उताबाट मन्जुर गरे पछि केही दिन पछि रमेशले दिउको स्थानमा ती दाम्पती जोडी आई पुग्छन । यता रमेशले साथीहरु तयारीमा राखेका छन । केही परेको खण्डमा आक्रमण गर्न । रमेश ती दाम्पती जोडी नजिक पुग्छ । परिचय हुन्छ । पहिलो पटक रमेशले निशालाई चिन्छ । उ छक्क पर्छ र केहि बेर टोलाउछ । निशाको श्रीमानले माफी माग्छ । रमेशले तिनीहरुलाई माफ गरी दिन्छ । रमेशले मनमा भएका धेरै कुराहरु खोल्ने कोशिश गर्दै थिए तर ती जोडीलाई देखेर किन किन रमेशको मन पग्लन्छ र आफुलाई सम्हाल्छ । रमेशले मन परेको र माया गरेको  केटी रमेशको प्रेमी होईन….अरुको जिवन साथी थियो ।

त्यसैले कसैको जिवन र भावनासंग खेलवाड गर्ने सोच…त्यसलाई परिवर्तन गरौं नत्र यस्ले ल्याउने परिणामको कल्पना ज्वालामुखी भन्दा कम खतरनाक हुने छैन । जिवन मजाक हैन…यसलाई सिरियसली लिऔ ।

 TB Pakhrin