नेपाल संवत ११३४को अवसरमा धादिङबेसीमा प्रभातफेरी र मोटरसाईकल ¥याली

505 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१८ कात्तिक ः नेपाल संवत ११३४ तथा दिपावलीको अवसर पारेर धादिङका नेवार समुदायले धादिङबेसीमा प्रभातफेरी तथा मोटरसाईकल ¥यालीको आयोजना गरेका छन ।
धादिङबेसी पुछारवजारवाट शुरु भएको प्रभातफेरीमा नेवारी पहिरनमा सजिएका वालवालिका तथा सबै उमेर समुहका व्यक्तिहरुको सहभागिता रहेको थियो । DSC01675वाजाजागा सहित निकालिएको प्रभातफेरीले सदरमुकाम परिक्रमा गरेको थियो ।
यसैगरी सोही अवसरमा सदरमुकाममा मोटरसाईकल ¥यालीको पनि आयोजना गरिएको थियो । झिगु नेवा समाज धादिङको आयोजनामा भएको प्रभातफेरी तथा मोटरसाईकल ¥यालीमा स्थानीय नेवार समुदायका साथै अन्य जातजातीका व्यक्तिहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।DSC01692 नेपाल सम्वत नेपालीहरुको पहिचान भएकाले यस्को संरक्षण गर्नुपर्ने सहभागिहरुको भनाई थियो । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै गोरखा र धादिङ जिल्लाको सिमानामा रहेको व्यापारिक केन्द्र आरुघाट वजारमा पनि नेपाल सम्वतको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आरुघाटवजारमा दुई सय वर्ष भन्दा पहिले देखि पनि नेवार समुदायको वसोवास रहंदै आएको छ ।