मतपत्र जिल्ला पुग्यो अन्य सामग्री पुग्दै : आयुक्त शर्मा

657 पटक पढिएको

सम्पादक: Dhadingnews.com

निर्वाचन आयोगले मङ्सिर ४ गतेको अर्को संविधानसभाको निर्र्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पुर्याइसकेको छ।

समानुपातिक निर्वाचनका लागि एक करोड ४९ लाख ५२ हजार र सोही सङ्ख्यामा पहिलो  हुने निर्वाचित हुने निर्वाचन प्रणाली ( प्रत्यक्ष)का लागि मतपत्र आयोगले छपाइ गरेको छ।

काठमाण्डु/पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि हल्का निलो र समानुपातिक निर्वाचनका लागि हल्का रातो रङ गरी दुई किसिमका मतपत्र रहेका छन्।

आयोगका आयुक्त इला शर्माले राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद् नेपालले आयोजना गरेको कार्यक्रममा निर्वाचनका लागि आवश्यक अन्य सामग्री केही दिनभित्र सबै जिल्लामा पुग्ने जानकारी दिइन ।

पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि २४० प्रकारका र समानुपातिक निर्वाचनका लागि एकै प्रकारका मतपत्रको व्यवस्था गरिएको छ ।

यस पटकको निर्वाचनका लागि २२ प्रतिशत बढी मतपत्र छापिएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र गरी छ हजार १२८ उम्मेदवार तथा समानुपातिक निर्वाचनका लागि ११ हजार तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिक निर्वाचनमा १२२ दलले भाग लिएका कारण यस पटकको निर्वाचनमा सो निर्वाचन प्रणालीको मतपत्र ठूलो आकारको छ

शर्माले अस्थायी मतदाता परिचयपत्र छपाइको कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रबाट वितरण जानकारी दिइन् । उनले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको परिचालन भइसकेको पनि बताइन् ।

आयुक्त शर्माका अनुसार आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका बारेमा गम्भीरतापूर्वक  अनुगमन कार्य गरिराखेको र आजदेखि आचारसंहिताबारे उच्चस्तरीय अनुगमन टोलीले समेत अनुगमन कार्य सुरु गरेको छ । सो अनुगमन टोलीमा नेपाल सरकारका सचिव र सहसचिव तहका कर्मचारी हुनेछन् ।

“मतदाताले  मतदान गर्न बढो उत्सुकता देखाइरहेका छन् यस कार्यलाई आयोगले पूरा गरेरै छाड्छ”, शर्माले बताइन । निर्वाचनका पर्यवेक्षकलाई निर्वाध रुपमा पर्यवेक्षण गर्न सुरक्षाको प्रत्याभूति मिलाइएको पनि आयुक्त शर्माले बताइन् ।

सो परिषद्ले निर्वाचन पर्यवेक्षणका लागि तीन हजार पर्यवेक्षकलाई ६० जिल्लामा खटाउन निर्वाचन आयोगबाट अनुमति लिएको  छ। तीमध्ये केही निर्वाचन क्षेत्रमा खटिसकिएको परिषद्ले जानकारी दिएको छ।

परिषद्का अध्यक्ष सुदीप पाठकले कुनै राजनीतिवाद र  सिद्धान्तका नाममा निर्वाचनलाई  अवरोध गर्न नहुने भन्दै निर्वाचनको मुखमा बन्द घोषणा गर्ने अधिकार कसैलाई नहुने बताए। उनले

निर्वाचनबाट  जननिर्वाचित प्रतिनिधि आउने, जनताले नयाँ संविधान प्राप्त गर्ने भएकाले निर्वाचन सफल पार्न सबैले आ–आफ्नो क्षेत्रमा सहयोग पु¥याउन आह्वानसमेत गरे। रासस

– See more at: http://setopati.com/raajneeti/5226/#sthash.KLkxOSoG.dpuf