धादिङ जिल्लाका राजनैतिक दलहरु चुनावी प्रचार प्रसार अभियानमा गाउं गाउंमा सक्रिय, घरदैलो गर्दै भोट माग्न व्यस्त

711 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ चुनावको मिति नजिकिंदै जांदा धादिङ जिल्लाका राजनैतिक दलहरु चुनावी प्रचार प्रसार अभियानमा गाउं गाउंमा सक्रिय रहंदै आईरहेका छन । नेकपा एमालेले शुक्रवार धादिङको कल्लेरी ४ को राईटोलमा घरदैलो कार्यक्रम पछि कोण सभा सम्पन्न गरेको छ । कार्यक्रममा धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटी सगै निर्वाचन प्रचार प्रसार समितिका संयोजक सुवास खतिवडा, निर्वाचन परिचालन समिति क्षेत्र नं २ का संयोजक जगनाथ नेपाल, जिल्ला कमिटी सदस्य एवम इलाका इन्र्चाज केदारनाथ खतिवडा, जिल्ला कमिटि सदस्यहरु कृष्ण अर्याल, भरत ढुङगाना, लगायतका नेता तथा कार्यकताहरुको सहभागीता रहेको थियो । क्षेत्र नम्बर २ अन्र्तगत एमालेले कल्लेरीको वडा नं ५ को वरभन्ज्याङमा घरदैलो तथा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डेले पनि वेैरेनी गाविसका विभिन्न गाउंवस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन । बैरेनी गाविसमा भएको चुनावी कार्यक्रममा नेपाली काँगे्रस र एमाओवादी पार्टी त्यागेर ४६ जना व्यक्ति एमालेमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । चुनावी अभियानकै क्रममा धादिङको किराञ्चोक गाविसका सबै वडाहरुबाट निकालिएको झाँकी सहितको ¥यालीले धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डेलाई गाउंमा स्वागत गरिएको नेकपा एमाले किराञ्चोकले जनाएको छ ।_MG_1963 चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा पाण्डेलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए । किराञ्चोक वडा नं ३ को वरभज्याङमा भव्य आमसभा सम्पन्न भएको छ । गाँउ पार्टी कमिटिका अध्यक्ष योगेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा उम्मेदवार राजेन्द्र पाण्डे , निर्वाचन परिचालन क्षेत्र नं ३ का संयोजक भूमी त्रिपाठी , किराञ्चोक गाविसका पूर्व गा विस अध्यक्ष युवराज बराल, जिल्ला कमिटि सदस्य अम्बिका रुपाखेती लगायतले सो सभालाई सम्बोधन गरेका थिए ।
नौविसे गाविसको वडा ९ को नागेटारबाट प्रचार प्रसार समितिका संयोजक रामराजा पाण्डेको नेतृत्वमा घरदैलो कार्यक्रम सुरु गरिएको एमालेले जनाएको छ । धादिङ क्षेत्र नं ३ का उम्मेदवार पाण्डेलाई जिताउन प्रचार टोली मगर गाँउ, कालदेविस्थान हुदै खत्री गाँउ गएर कोण सभामा परिणत भएको एमाले नौविसे गाँउ पार्टी कमिटिले जानकारी दिएको छ ।
धादिङको थाक्रे गाविसको वडा नं ९ को गणेश खोला देखि घरदैलो कार्यक्रम सञ्चालन भईरहेको छ । घरदैलो कार्यक्रमका टोली उर्वेलीचौर, काउले, शशीराङ, गणेशीचौर लगायतका ठाँउहरुमा कार्यक्रम गरी थाक्रे बजारमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा एमालेका जिल्ला कमिटि सदस्य शंकर तामाङ, कृष्ण तामाङ, गाँउ पार्टी कमिटिका अध्यक्ष रामकुमार बस्नेत लगायतले सम्वोधन गरेका थिए ।
नेपाली कांग्रेस धादिङ क्षेत्र नंबर २ ले संविधान सभा निर्वाचन अभियान अन्तर्गत शुक्रवार धादिङको नलाङ गाविसमा घरदैलो तथा चुनाबी सभा कार्यक्रम सम्पन्न गरेको छ । चुनाबी सभालाई सम्बोधन गर्दै २ नंबर क्षेत्रका उम्मेद्धार रामनाथ अधिकारीले स्थायी शान्ती र लोकतान्त्रीक संविधान निर्माण गर्न नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका थिए । कार्यक्रममा नेपाली कांग्रसका महासमिति सदस्यहरु भीमप्रसाद ढुंगाना, रमेशप्रसाद धमला र उर्मिला थपलियाले सम्बोधन गरेका थिए ।
त्यसैगरी एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एंवम धादिङ निर्वाचन क्षेत्र न. १ का उम्मेदवार पुष्प विक्रम मल्लले र्झालाङ गाँउ विकास समितिको वडा न. ३ कोछिङको चुनावी सभालाई सम्बोधन गरेका छन । झार्लाङ गाउँ पार्टी कमिटीका अध्यक्ष योवन तामाङको अध्यक्षता र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा सो पार्टीको ताम्सालीङ राज्य समितिका सदस्य राम थापा, ईलाका इन्चार्ज रामसिंह तामाङ, योङ कम्युनिष्ट लीगका क्षेत्रीय सदस्य राजकुमार अधिकारी लगायतले सम्वोधन गरेका थिए । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवं निर्वाचन क्षेत्र न. २ का उम्मेदवार कल्पना धमलाले सलाङ गाउँ विकास समितिको वडा न.ं ४ को कमलबारीमा सम्पन्न भएको कोण सभालाई संम्बोधन गर्दैै पहिलो संविधानसभाबाट आफ्नो पार्टीले पहिचान र संघीयतासहितको संविधान बनाउन खोजेको भए पनि कांग्रेस र एमालेले बनाउन नदिएको आरोप लगाएकी छन । चुनावी सभालाई एमाओवादी केन्द्रिय सल्लाहकार परिषदका सदस्य बेदनिधि अधिकारी, ताम्सालीङ राज्य समितिका सदस्य धन बहादुर बुर्लाकोटी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपा सिंखडा लगायत जिल्ला नेताहरुको आतिथ्य रहेको थियो ।
जिल्लाको क्षेत्र नम्बर २ मा पर्ने सलाङ गाउँ विकास समितिको वडा न.३, ८ र ९ नम्बर वडामा एमाओवादीको घरदैलो अभियान सम्पन्न भएको छ ।
त्यसैगरी एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एंवम निर्वाचन क्षेत्र न. ३ का उम्मेदवार शालिकराम जमरकट्टेलले थाक्रे गाउँ विकास समितिको वडा न. ४ मा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन गरेका छन । गाउँ पार्टी अध्यक्ष ज्ञानेन्द्र विडारीको अध्यक्षता र जमरकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ताम्सालीङ राज्य समितिका सदस्य दिपक लामिछाने, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तिलक चेपाङ लगायत ले सम्वोधन गरेका थिए ।