उद्योग वाणिज्य महासंघको टोली र नेकपा–माओवादी शीर्ष नेताबीच भेट

544 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं÷नेपाल उद्योग वाणिज्य महासंघले बन्द, हड्ताल लगायतका कार्य नगर्न नेकपा–माओवादीसँग आग्रह गरेको छ । महासंघको टोलीले शुक्रवार नेकपा–माओवादीका शीर्ष नेताहरुलाई भेटेर चुनावको विरोधको लागि गरिने बन्द, हड्तालले मुलुकको अर्थतन्त्र धराशयी हुनेभन्दै ध्यानाकर्षण गराएको हो ।
बुद्वनगरमा रहेको माओवादी पार्टी कार्यालयमा भएको भेटमा महासंघको टोलीले यही कात्तिक २५ देखि गर्ने भनिएको बन्द लगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । जवाफमा नेकपा–माओवादीले राष्ट्रिय सहमतिको वातवारण बनेमा आफूहरु बन्द, हड्ताल गर्ने पक्षमा नरहे प्रतिक्रिया दिएको छ । भेटपछि नेकपा–माओवादी सचिव देव गुरुङले महासंघको टोली राखेका माग जायज रहेकोभन्दै राष्ट्रिय सहमति कायम गर्नको लागि उद्योगी, व्यापारीहरुको तर्फबाट पनि पहल हुनुपर्ने र त्यसको नेतृत्व महासंघले गर्नुपर्नेमा जोड दिइएको जानकारी दिनुभयो ।