एमाओवादीले लुकाएका हतियार सेनालाई

462 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एमाओवादीले लुकाएका हतियार सेनालाई

काठमाडौं, कात्तिक २४ गते ।  एकीकृत माओवादीले देशका विभिन्न स्थानमा लुकाएर राखेका ६ सय थान अत्याधुनिक हतियार केही महिनाअघि मात्र नेपाली सेनालाई जिम्मा लगाएको रहस्य खुलेको छ ।

शान्तिप्रक्रियामा आएपछि २०६५ सालमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले लडाकु र हतियार प्रमाणित गर्दा यी हतियार देखाएको थिएन । त्यस बेला माओवादीले शान्तिप्रक्रियामा आइसकेपछि भर्ती खोलेर उमेर नपुगेको समेत जम्मा गरी ३० हजारभन्दा बढी लडाकुको नाम दर्ता गरेका थियो ।

माओवादीले आफूसँग भएका आधुनिक हतियार अन्यत्र लुकाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट लुटेका मध्ये २४ सय हतियारमात्र शिविरका कन्टेरमा राख्न अनमिनलाई बुझाएको थियो । त्यतिबेलै उसले भएका सबै हतियार नबझाएको आशंका गरिएको थियो ।

यही कात्तिक २१ गते राति खुलेको नयाँ रहस्यअनुसार एमाओवादीले ६ सय थान अत्याधुनिक र अटोमेटिक हतियार केही महिनाअघि मात्र सेनाको जिम्मा लगाइएको छ । यसमा इन्सास राइफल र पेस्तोलसमेत रहेका छन् ।

– अन्नपूर्ण पोष्ट दैनिक