धादिङबेसी सदरमुकाम नजिकै बम भेटियो

825 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ कात्तिक/धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी नजिकै मुरलीभञ्याङ गाविसको वडा नम्बर ३ वगैचा नजिकै भेटिएको बम सुरक्षाफौजले विष्फोट गराएको छ । SAM_1031
धादिङबेसी सल्यानटार सडक खण्डमा पर्ने मुरलीभञ्याङ गाविसको वडा नम्बर ३ वगैचा नजिकै बिच सडकमै खाना पकाउने ग्यांसको सिलिण्डर र नजिकै कागजमा बेरिएको अवस्थामा बम भेटिएको थियो । ग्यांस भरिएको सिलिण्डर टायर माथि राखेर आगो लगाई पडकाउन खोजिएको भएपनि ओरालोमा राखिएका कारण सिलिण्डर गुडेपछि पडकिन वाट जोगिएको हुन सक्ने सुरक्षाकर्मीले वताएका छन । धादिङबेसी हुंदै मनास्लु पदमार्ग जान लागेका विदेशीहरुले सडकमा शंकास्पद वस्तु देखेपछि सोमवार राती एघार वजेतिर सुरक्षाकर्मीलाई खवर दिएका थिए ।
आज ( मंगलवार ) विहान गजुरी स्थित नेपाली सेनाको सवुजगणवाट आएको वम निष्कृय टोली र सदरमुकाममा रहेको नेपाल प्रहरी,शशस्त्र प्रहरी सहितको संयुक्त टोलीले शंकास्पद वस्तु निष्कृय वनाउंदा बम भएको पुष्टि भएको हो ।सदरमुकाम ननिकै वम भेटिएको खवरले सर्वसाधारण आतंकित हुन पुगेका थिए । सुरक्षा फजले बम निष्कृय पारेपछि जनजिवन समान्य बनेको छ ।
नेकपा माओवादी लगायत ३३ दलकोआव्हानमा भएको यातायात वन्दको असर मंगलवार पनि परेको छ । सदरमुकामवाट छुट्ने र वाहिरवाट सदरमुकाम आउने सार्वजनिक सवारी साधन भने चलेका छैनन ।