चुनावी अभियानमा एमाले व्यस्त

659 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷निर्वाचनको मिति आउन अव ६ दिनमात्र बांकी रहंदा चुनावी प्रचार अभियान पनि निकै तिव्र हुन थालेको छ । यसैक्रममा नेकपा एमाले धादिङ क्षेत्र नम्वर १ का उम्मेदवार धन बहादुर घलेलाई जिताउन एमालेले क्षेत्र नमबर १ मा चुनावी प्रचार प्रसारलाई तीव्र पारेको छ । बुधवार वसेरी गाविसको वडा नं १, २, ३ र ४ को डाँडागाँउ, मंसिरे, कात्तिके, आरुवोटे, भंगेरी, भैसे लगायतका ठाँउहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले गाँउ कमिटि वसेरीले जानकारी दिएको छ । कार्यक्रममा उम्मेदवार धन बहादुर घले, जिल्ला कमिटि सदस्य नारायण कार्की, इन्दिरा ढुगांना लगायतका एमाले कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।
SAM_1094नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्व मन्त्री गंगालाल तुलाधरले देशको शान्ति, शव्यवस्था कायम गर्न नेकपा एमालले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । चुनाव प्रचार प्रसारका क्रममा चैनपुरको सांधभञ्ज्याङमा भएको आमसभालाई सम्वोधन गर्दै नेता तुलाधरले नेपाली जनताले नेकपा एमाले नै पहिलो पार्टी भएको हेर्न चाहेको र सामाजिक तथा आर्थिक विकासमा एमालेले महत्वपूर्ण भूमिका खेलेको भन्दै एमालेको पक्षमा जनमत ल्याउन सबैलाई आग्रह गर्नुभएको थियो । तुलाधरले आगामी संविधान सभामा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी समेत गर्नु भएको थियो । आम सभाअघि चैनपुर गाविसको विभिन्न स्थानवाट निकालिएको वाजागाजा सहितको ¥यालीले गाउं परिक्रमा गरेको थियो । सभालाई नेकपा एमाले धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटी, पार्टी अध्यक्ष एवम् धादिङ जिल्ला निर्वाचन परिचालन कमिटि संयोजक खेम प्रसाद लोहनी, एमाले धादिङका उपाध्यक्ष भसमि त्रिपाठीका साथै अन्य नेताहरुलेसम्बोधन गर्नुभएको थियो ।
त्सैगरी धादिङ सदरमुकाम धादिङबेसीको सिरान बजारमा नेकपा एमाले क्षेत्र नं २ को घरदैलो कार्यक्रम बुधवार सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा उम्मेदवार गुरु बुर्लाकोटी, समानुपातिक तर्फका उम्मेदवार जाानुका सिम्खडा, पार्टी अध्यक्ष एवम् धादिङ जिल्ला निर्वाचन परिचालन कमिटि संयोजक खेम प्रसाद लोहनी, क्षेत्रीय निर्वाचन परिचालन संयोजक जगनाथ नेपाल, जिल्ला कमिटि सदस्यहरुको सहभागीता रहेको थियो ।
छत्रेदेउराली गाविसको वडा नं ८ मा घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले गाँउ पार्टी छत्रेदेउरालीका अध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा सञ्चालित कार्यक्रममा गाँउ कमिटि, जिल्ला कमिटिका गरी १५० जना एमाले कार्यकर्ताको सहभागीता रहेको थियो । कार्यक्रम छत्रेदेउरालीको काफलचौर, लामागुरु, कटुञ्जे लगायतका ठाँउहरुमा सञ्चालन गरिएको हो ।
578086_1384819628427918_813791550_nधादिङको गजुरी गाविस ४ को विभिन्न ठाँउहरुमा वृहत घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गजुरीको मलेखु, विहानी पम्प, चालिसे बजार लगायतका ठाँउहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरी गजुरीबजारमा गएर कोण सभामा परिणत भएकोे गाँउ कमिटि गजुरीले जानकारी दिएको छ । कार्यक्रममा धादिङ क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र पाण्डे, गजुरी गाविसका पूर्व जिल्ला कमिटि सदस्य एवम् इलाका संयोजक शुल्क उप्रेती, गजरी गाँउ कमिटिका अध्यक्ष भद्रलाल मगर, गाँउ कमिटिका सदस्य लगायत एमाले कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
धादिङको केवलपुर गाविसमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले धादिङ प्रचार विभागका संयोजक सरोज पौडेल, क्षेत्रीय सदस्य रामेश्वर सुवेदी, गाँउ पार्टी अध्यक्ष गोकुल लामिछाने लगायत २०० जना कार्यकर्ताको सहभागीता रहेको थियो ।