धादिङको मैदीमा झडप एक घाइते

694 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ चुनाव प्रचारमा रहेका नेपाली कांग्रेस र एमाओवादीका कार्यकर्ताहरुका बिच झडप हुंदा धादिङको मैदीमा एक जना गम्भिर घाइते भएका छन ।
नेपाली कांग्रेसका कार्यकर्ताहरुको हमलावाट मैदी गाविस वडा नम्बर ६ पंधेलीका २५ बर्षिय शिवराज श्रेष्ठ गम्भिर घाईते भएको एकीकृत नेकपा माओवादी धादिङले जनाएको छ । झडपका क्रममा धारिलो हतियार प्रहारवाट श्रेष्ठको टाउको र हातमा गम्भिर चोट लागेको छ । जुलुसवाट घर र्फकंदै गरेको अवस्थामा बुधवार राती ९.३० वजेतिर मैदी गाविसको उखुवारी नजिकै नेपाली कांग्रेसका कार्यकर्ताहरु माथि पेट्रोल वम प्रहार भएपछि त्यस्को प्रतिकार भएको नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का सभापती विनोद तिमिल्सिनाले वताए ।
यता घाइते भएका श्रेष्ठले भने आंफुहरु पार्टीको बैठक सकेर घर फर्किंदै गर्दा एक्कासी हमलामा परेको वताएका छन । घाईते श्रेष्ठको धादिङ जिल्ला अस्पतालमा उपचार भईरहेको छ । घटनाका वेला आंफुहरु जम्मा नौ जनामात्र रहेको र ७० जना जतिको संख्यामा रहेका नेपाली कांग्रेसको जुलस देखेपछि अर्कोवाटो वाट हिंडदा पनि आक्रमणमा परेको घाइते श्रेष्ठले वताए । आंफुहरुले कसैलाई कुनै हमला नगरेको श्रेष्ठले दावी गरेका छन भने नेपाली कांग्रेसका कार्यकर्ताहरुले भने आंफुहरु माथि हमला भएपछि मात्रै प्रतिकार गरेको वताएका छन । घाइते श्रेष्ठ अखिल नेपाल होटल मजदुर संघ काठमाण्डौका सदस्य एवम एकीकृत नेकपा माओवादी मैदी गाउं स्तरिय चुनाव प्रचार प्रसार समितिका सदस्य समेत हुन ।