मतदाता परिचय पत्र वितरण गरिंदै

625 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय धादिङले शुक्रवारदेखि मंसिर २ गते सम्म परिचय पत्र वितरण गर्ने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी रामकृष्ण अर्यालले आफूलाई पायक पर्ने ठाउँबाट र आफ्नो नामावली भएको मतदान केन्द्रबाट स्बयम् सेवक, सामाजिक परिचालकहरुबाट सबै मतदाताहरुलाई परिचय लिई मतदान गर्न आग्रह गरेका छन । मतदानको लागि परिचय पत्र ३ दिन भित्रमा आफुलाई पाएक पर्ने ठाउँहरुबाट लिनु पर्ने र यदि कारणबस परिचय पत्र लिन छुटेमा नागरिकता, सवारी चालक अनुमती पत्र,विद्यार्थी परिचय पत्र तथा प्रेस कार्डले पनि मतदान गर्ने ब्यबस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी अर्यालले वताए ।