गाउँ पुगे धादिङमा निर्वाचन टोली

546 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर १ – धादिङमा चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको टोली तोकिएको मतदान केन्द्रमा पुग्न थालेको छ ।

केही ठाउँमा शुक्रवार नै पुगेको र अरु ठाउँमा पनि पुग्न थालेका धादिङका निर्वाचन अधिकारी रामकृष्ण अर्यालले जानकारी दिनुभयो । टोलीले गाउँमा पुगेर मतदाता परिचय पत्र वितरण सुरु गरेको छ ।SAM_1162

धादिङको ३ वटा क्षेत्रका १ लाख ७१ हजार ३१ जना मतदाताले पायक पर्ने ठाउँमा मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं १ मा ६७ वटा बुथमा ४३ हजार ५ सय २५, २ मा ९१ वटा बुथमा ६३ हजार ६ सय २३ र ३ मा ९३ वटा बुथमा  ६३ हजार ८ सय ८३ जनाले मतदान गर्नेछन् । क्षेत्र नम्बर २ को सदरमुकाम धादिङबेसी र क्षेत्र नम्बर ३ को गजुरीमा रहेको मतदान केन्द्रमा महिला कर्मचारीमात्र खटिएका छन् ।

निर्वाचनका समयमा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न ठाउँ ठाउँमा सुरक्षा गस्ती बढाइएको धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरीले संयुक्त रुपमा मतदाता र बुथको सुरक्षा गर्ने प्रहरी प्रमुख अशोक सिंहले बताउननुभयो ।