धादिङमा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेको ज्यान मार्ने प्रयास

520 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, मंसिर २- धादिङ निर्वाचन क्षेत्र नम्बर ३ स्थित बेनीघाटको पतौरी भन्ने स्थानमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र पाण्डेमाथी गोली हान्न खोज्ने एमाओबादी एक कार्यकर्ता पेस्तोल सहित पक्राउ परेका छन । चुनाबी कार्यक्रम सकेर मलेखुतर्फ आउँदै गर्दा आईतबार बिहान एमाले उम्मेदवार पाण्डे चढेको मोटर सलाङ गाबिसको पतौरीमा मोटरसाईकल रोकेर छेक्दै अबरोध गरी आक्रमण गर्न खोज्दा पाण्डेका अंगरक्षकले एमाओवादी कार्यकर्तालाई लक्षित गर्दै हावाइ फायर गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरी नियन्त्रणमा रहेका मलेखुका सन्तोष लोहनी सँग गोली लोड भएको पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
गोली चलेपनि कुनै हताहती नभएको प्रहरीले जनाएको छ ।
एमाओवादीका कार्यकर्ताले बाटो छेकेर आक्रमण गर्न खोजेपछि पिएसओले हवाई फायर गरेको एमालेको दाबी छ ।